Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

तेह्रथुम, ३० जेठ २०७८ । तेह्रथुम जिल्लाकोे मेन्छ्यायेम गाउँपालिका (कोरोना भाईरस) कोभिड १९ दोश्रो भेरियन्ट मुक्त गाउँपालिका भएको छ ।

कोरोना भाइरसको संक्रमण तिब्र रुपमा बढी रहेको बेला एन्टिजेन्ट जाँचमा १० जनामा पोजेटिभ देखिएको थियो ।

संक्रमित १० जना नै निको भएपछी गाउँपालिका कोरोना मुक्त भएको गाउँपालिका अध्यक्ष यादब खापुङले बताउनुभयो ।

कोरोना नियन्त्रणका लागी गाउँपालिकाको सीमा ईलाकाहरुमा सुरक्षाको व्याबस्था कडाई गर्दै बाहिरबाट आएका मानिसहरुलाई निग्रानीमा राखी होम आईसोलेनमा सुरक्षित राखिएको थियो ।

त्यस्तै, अन्य बाहिरबाट आउने मानिसहरुलाई बाहिरनै बस्न आग्रह गर्दै स्थानीयलाई बाहिरी क्षेत्रमा नजान आग्रह गरेकाले नियन्त्रणमा आएको अध्यक्ष खापुङले बताउनुभयो । कोरोनाले जिल्लामा हालसम्म ८ जनाको मृत्यृ भइसकेको छ ।ईमेजखबरबाट साभार

 

तपाईको प्रतिक्रिया