Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

गौरादह,२९ जेठ २०७८ । झापामा आज सबैभन्दा कम ४५ जनामा संक्रमण पुष्टी भएको छ । पीसीआर परिक्षणबाट ३९ र एन्टिजेन परिक्षणबाट ६ गरि कुल ४५ जना संक्रमित थप भएको हो । पीसीआर परिक्षणबाट १ सय ६४ र एन्टिजेन परिक्षणबाट ६ गरि कुल १ सय ७० जनाको परिक्षण गरिएको जनाइएको छ ।

पीसीआर परिक्षणबाट १२ महिला र २७ पुरुष गरि ३९ जनामा संक्रमण पुष्टी भएको छ भने, एन्टिजेन परीक्षणबाट ४ महिला र २ पुरुष गरि ६ जनामा संक्रमण देखिएको छ । यो सँगै झापामा हालसम्म कोरोना संक्रमित हुनेको संख्या १२ हजार १ सय ११ पुगेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन चौंलागाईले जानकारी दिनुभयो ।

पीसीआर परिक्षणबाट संक्रमित हुनेहरुमा दमकका ३ महिला र १० पुरुष, बिर्तामोडका १ महिला र २ पुरुष, मेचिनगरका २ महिला र १ पुरुष, भद्रपुरका ४ महिला र १० पुरुष, अर्जुनधाराका १ महिला, कचनकवलका ३ पुरुष, कमलका १ महिला, शिवसतासीका १ पुरुष रहेका छन् । एन्टिजेन परीक्षणबाट बिर्तामोडका ४ महिला र २ पुरुष रहेका छन् ।

हालसम्म कोरोना संक्रमित भई आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या २ हजार ४ सय ६८ पुगेको जनाइएको छ । दोस्रो लहरको कोरोना संक्रमण देखिएसँगै एकैदिन २ सय ५० जना संक्रमितले कोरोना जितेका हुन् । यो सँगै हालसम्म डिस्चार्ज हुनेको संख्या ९ हजार ३ सय ६२ पुगेको छ ।

यस्तै, झापामा कोरोना संक्रमणबाट बुद्धशान्ति-४ कि ७३ वर्षिया महिलाको पीसीआर परिक्षणबाट कोरोना पुष्टी भएर मृत्यु भएको छ । यो सँगै पीसीआर परिक्षणबाट कोरोना पुष्टी भएर मृत्यु हुनेको संख्या २ सय ४६ पुगेको छ । यस्तै, एन्टिजेन परिक्षणबाट बाह्रदशी कि ६० वर्षिया महिला र मेचिनगर कि ६६ वर्षिया महिलाको मृत्यु भएको छ । यो सँगै एन्टिजेन परिक्षणबाट कोरोना पुष्टी भएर मृत्यु हुनेको संख्या ५० पुगेको छ । यो सँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या २ सय ९६ पुगेको जनाइएको छ ।

अहिलेसम्म एन्टिजेन परिक्षणबाट १ हजार ४ सय २२ जनाको कोरोना पोजेटिभ पुष्टी भएको छ । यस्तै, हालसम्म ५३ हजार २ सय ५३ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया