Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

झापा,२९ जेठ २०७८ । नेपालमा एकैदिन ३ हजार ३ सय ८४ संक्रमित थप भएका छन् । पीसीआर परिक्षणबाट २ हजार ३ सय ८२ र एन्टिजेन परिक्षणबाट १ हजार २ जनाको गरि कुल ३ हजार ३ सय ८४ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै पीसीआर परिक्षणबाट संक्रमित हुनेको संख्या ६ लाख ४ हजार ३ सय ९६ पुगेको छ भने, एन्टिजेन परिक्षणबाट १८ हजार ७ सय ५७ पुगेको छ । यो सँगै नेपालमा संक्रमित हुनेको कुल संख्या ६ लाख २३ हजार १ सय ५३ पुगेको जनाइएको छ । यस्तै, एकैदिन ६ हजार २ सय ९५ जना डिस्चार्ज हुँदा नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ५ लाख २७ हजार १ सय ११ पुगेको छ । यो सँगै नेपालमा कोरोना संक्रमित भई निको हुने दर ८६.९ प्रतिशत पुगेको छ ।

यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट ८ हजार ५ सय ६ र एन्टिजेन परिक्षणबाट ५ हजार ९ सय ८८ जना गरि कुल १४ हजार ४ सय ९४ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट ३२ लाख ७ हजार ८ सय २ जना र एन्टिजेन परिक्षणबाट १ लाख २ हजार ९ सय ४९ जनाको कोरोना परीक्षण गरिएको छ ।

यस्तै, होम आइसोलेसनमा ६५ हजार ९ सय ५३ जना रहेका छन् । संस्थागत आइसोलेसनमा ५ हजार ३ सय ८४ जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले १ हजार २ सय ६ जना आई।सी।युमा र ३ सय ७३ जना भेन्टिलेटरमा रहेका छन् ।

यस्तै, ५ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा झापा सहित ४५ जिल्ला रहेका छन् । २ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा १४ जिल्ला रहेका छन् ।

यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा आज ६१ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ हजार ३ सय ६६ पुगेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया