Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

झापाको दमक गरपालिकाले नगरकान ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचारको व्यवस्था गरेको छ । ज्येष्ठ नागरिकको स्वास्थ्य उपचारमा यस वर्षदेखि नगरपालिकाले निःशुल्क उपचारको व्यवस्था गरेको हो ।

दमक अस्पतालमा ज्येष्ठ नागरिकलाई सबै किसिमको उपचार निःशुल्क गरिएको नगर स्वास्थ्य शाखाका प्रमुख इन्द्र अर्यालले जानकारी दिए ।

नगरपालिकाले नगरका गर्भवतीलाई आइरन र क्याल्सियम चक्की पनि निःशुल्क उपलब्ध गराउने भएको छ । नियमित स्वास्थ्य परीक्षणका लागि आउने गर्भवतीलाई सो औषधि निःशुल्क उपलब्ध गराउने भएको हो ।

चार पटक नियमित रूपमा परीक्षणका लागि आउने गर्भवतीले हरेक पटक १०० रुपैँया समेत यस वर्षदेखि पाउने व्यवस्था गरिएको अर्यालले बताए । स्वास्थ्य सेवा सहज रुपमा उपलब्ध गराउन यस वर्षनगरपालिकाले पाँच लाख ५० हजार रुपैँया छुट्याएको छ ।

नगरपालिकाले चालू आर्थिक वर्षमा स्वास्थ्यका ९० कार्यक्रम स्वीकृत गरेको छ । ती कार्यक्रमका लागि नगरपालिकाले ९० लाख रुपैँया छुट्याएको छ ।

तपाईको प्रतिक्रिया