Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

झापा,२८ जेठ २०७८ । देशभर पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ५० संक्रमित थप भएका छन् । पीसीआर परिक्षणबाट २ हजार ७ सय ९ र एन्टिजेन परिक्षणबाट १ हजार ४१ जनाको गरि कुल ३ हजार ७ सय ५० जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै पीसीआर परिक्षणबाट संक्रमित हुनेको संख्या ६ लाख ४ हजार ३ सय ९६ पुगेको छ भने, एन्टिजेन परिक्षणबाट १८ हजार ७ सय ५५ पुगेको छ । यो सँगै नेपालमा संक्रमित हुनेको कुल संख्या ६ लाख २३ हजार १ सय ५१ पुगेको जनाइएको छ । यस्तै, एकैदिन ५ हजार २ सय २५ जना डिस्चार्ज हुँदा नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ५ लाख २० हजार ८ सय १६ पुगेको छ । यो सँगै नेपालमा कोरोना संक्रमित भई निको हुने दर ८६.२ प्रतिशत पुगेको छ ।

यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट ९ हजार ५ सय ९८ र एन्टिजेन परिक्षणबाट ५ हजार ५ सय ८४ जना गरि कुल १५ हजार १ सय ८२ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट ३१ लाख ९८ हजार ७ सय २ जना र एन्टिजेन परिक्षणबाट ९६ हजार ९ सय ५२ जनाको कोरोना परीक्षण गरिएको छ ।

यस्तै, होम आइसोलेसनमा ६९ हजार ६ सय ८६ जना रहेका छन् । संस्थागत आइसोलेसनमा ५ हजार ५ सय ८९ जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले १ हजार १ सय ८९ जना आई।सी।युमा र ३ सय ६६ जना भेन्टिलेटरमा रहेका छन् ।

यस्तै, ५ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा झापा सहित ४५ जिल्ला रहेका छन् । २ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा १५ जिल्ला रहेका छन् ।

यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा आज ६७ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ हजार ३ सय ५ पुगेको मन्त्रालयले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया