Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

गौरादह, २७ जेठ २०७८ । झापाको गौरादहमा एकैदिन ५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यो सँगै कोरोना संक्रमण भई निको भएर डिस्चार्ज हुनेको संख्या ८५ पुगेको छ । आज पीसीआर परिक्षणबाट १ जना संक्रमित थपिएका छन् । आज १ जना थप भएसँगै गौरादहमा कोरोना संक्रमणको दोस्रो लहरसँगै संक्रमित हुनेको संख्या २ सय ५० पुगेको गौरादह नगर स्वास्थ्य शाखाका सहसंयोजक गोविन्द श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै, कोरोना संक्रमित भएर होम आइसोलेसनमा बस्नेको संख्या १ सय ४९ पुगेको छ । कोरोना संक्रमणका कारण बिरामी भई विभिन्न हस्पिटलको आइसोलेसनमा ८ जना संक्रमित उपचाररत रहेका छन् । गौरादह नगरपालिकाको जुरोपानीको आइसोलेसनमा १ जना संक्रमित रहेका छन् । दोस्रो लहरको भेरियन्ट देखिएसँगै सक्रिय संक्रमितको संख्या १ सय ५८ पुगेको छ ।

३५ वडा बेड रहेको आइसोलेसनमा १४ वटा अक्सिजन सिलिन्डर तयारी अवस्थामा रहेको जनाइएको छ । आज सम्म पीसीआर परिक्षणबाट १ सय ३६ जनाको र रेपिड एन्टिजेन परिक्षणबाट ४ सय ३१ जनाको कोरोना जाच गरिएको जनाइएको छ । दोस्रो लहरको कोरोनाको संक्रमण देखिएसँगै गौरादहमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ महिला र ४ पुरुष गरि ७ पुगेको जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया