Online Bichar
बुधबार, बैशाख ०५, २०८१ | Wednesday, April 17, 2024

झापा,२७ जेठ २०७८ । देशभर पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ४९ जना संक्रमित थप भएका छन् । पीसीआर परिक्षणबाट २ हजार ८ सय ७४ र एन्टिजेन परिक्षणबाट ८ सय ७५ जनाको गरि कुल ३ हजार ७ सय ४९ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै पीसीआर परिक्षणबाट संक्रमित हुनेको संख्या ६ लाख १ हजार ६ सय ८७ पुगेको छ भने, एन्टिजेन परिक्षणबाट १७ हजार ७ सय १४ पुगेको छ । यो सँगै नेपालमा संक्रमित हुनेको कुल संख्या ६ लाख १९ हजार ४ सय १ पुगेको जनाइएको छ । यस्तै, एकैदिन ५ हजार २ सय ९३ जना डिस्चार्ज हुँदा नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ५ लाख १५ हजार ५ सय ९१ पुगेको छ । यो सँगै नेपालमा कोरोना संक्रमित भई निको हुने दर ८५.७ प्रतिशत पुगेको छ ।

यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट ९ हजार ९ सय १ र एन्टिजेन परिक्षणबाट ५ हजार ३ सय ३७ जना गरि कुल १५ हजार २ सय ३८ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट ३१ लाख ८९ हजार १ सय ४ जना र एन्टिजेन परिक्षणबाट ९१ हजार ३ सय ६८ जनाको कोरोना परीक्षण गरिएको छ ।

यस्तै, होम आइसोलेसनमा ७२ हजार १ सय ७८ जना रहेका छन् । संस्थागत आइसोलेसनमा ५ हजार ६ सय ८० जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले १ हजार २ सय ६१ जना आई.सी.युमा र ३ सय ८२ जना भेन्टिलेटरमा रहेका छन् ।

यस्तै, ५ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा झापा सहित ४७ जिल्ला रहेका छन् । २ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा १४ जिल्ला रहेका छन् ।

यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा आज ५९ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ हजार २ सय ३८ पुगेको मन्त्रालयले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया