Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

काठमाडौं, २७ जेठ २०७८ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको जोखिम कायमै रहेकाले हाल जारी निषेधाज्ञा खुकुलो बनाउने अवस्था नरहेको जनाएको छ ।

सरकारले कोरोना संक्रमणलाई नियन्त्रण गर्न डेढ महिनादेखि लगाईरहेको निषेधाज्ञा केही सहज गराउदै लैजाने विषयमा छलफल भईरहेको बेला स्वास्थ्य मन्त्रालयले निषेधाज्ञा सहज बनाउने बेला भईनसकेको जनाएको हो ।

मन्त्रालयका सहप्रवक्ता डा। समिर अधिकारीले दिनहुँ परीक्षण गरिएका मध्ये २५ देखि ३० प्रतिशत व्यक्तिमा संक्रमण देखिएकाले अहिले नै निषेधाज्ञा खुकुलो बनाउन हुदैन भन्ने मन्त्रालयको धारणा रहेको बताउनुभयो ।

गृह मन्त्रालय सम्वद्ध अधिकारीहरुले भने संक्रमण दर कम भइरहेको भन्दै निषेधाज्ञालाई केही खुकुलो बनाउने विषयमा छलफल थालेका छन् ।

तपाईको प्रतिक्रिया