Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

 

पीपीएल) टी–२० क्रिकेटमापारस खड्काको नेतृत्वमा रहेको चितवन राइनोजले पोखरा प्रिमियर लिग ९पीपीएल० टी–२० क्रिकेटमा पहिलो जित निकालेको छ।

धनगढी ब्लुजलाई बुधबारको पहिलो खेलमा १ सय २६ रनले पराजित गर्दै चितवनले तीन खेलबाट पहिलो जित निकालेको हो। चितवनले दिएको १ सय ९४ रनको लक्ष्य पछ्याएको धनगढी १६।२ ओभरमा अलआउट हुँदै ६७ रनमा समेटियो।

धनगढीलाई सस्तैमा रोक्न स्पिनर सन्नी पटेलले ३।२ ओभरमा ८ रन खर्चेर ४ विकेट लिए। खराब सुरूवात गरेको धनगढीले पहिलो ओभरको चौथो बलमै ओपनर दीलिपनाथ शून्यमा गुमायो। अर्का ओपनर ड्यानियल लरेन्स पनि शून्य रनमै दोस्रो ओभरको पहिलो बलमा आउट भए।

शून्य रनमै २ विकेट गुमाएको धनगढीका लागि कुनै पनि ब्याट्सम्यानले राम्रो खेल्न सकेनन् । पिटर डभिड ट्रेगोले सर्वा्धिक २७ रन बनाउँदा योगेन्द्र सिंह कार्कीले १७ रन बनाएर आउट भए। धनगढीका बाँकी खेलाडीले दोहोरो रनको स्कोर छुन सकेनन्।

भुवन कार्की र स्मिथ पटेलले समान चितवनका लागि थप २९२ विकेट लिए। करण केसी र शक्ति गौचनले १९१ विकेट हात पारे।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चितवनले निर्धा्रित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९३ रनको योगफल तयार पारेको थियो। उत्कृष्ट शुरुवात गरेका चितवनका लागि पहिलो विकेटको लागि ओपनर अनिल कुमार साह र हरिशंकर शाहले १ सय १ रनको कीर्तिमानी साझेदारी गरे। हरिले ३२ बलमा अर्धशतक पूरा गरेका थिए। उनले ६ चौका र ३ छक्का प्रहार गर्दै ५३ रन जोडेर आउट भए। अर्का ओपनर अनिल साहले ३७ रन बनाए।

स्मित पटेलले २४ रन बनाउँदा कप्तान पारस खड्का ९ बलमै १९ रन बनाएर पेभेलियन फर्किए। आरिफ शेख आज पनि शून्यमा आउट भए। पहिलो खेलमा खाता खोल्न नसकेका आरिफले दोस्रो खेलमा ब्याटिङ पाएका थिएनन्।

करण केसी र सन्नी पटेलले छैटौ विकेटको लागि ३१ रनको साझेदारी गरे। सन्नी पटेल २६ र करण ११ रनमा नटआउट रहे।

धनगढीका लागि दीपेन्द्रसिंह ऐरी, कमल सिंह ऐरी, मन्जित श्रेष्ठ, आरिफ शेख र ड्यानियल लरेनसले समान १९१ विकेट लिए।

यो जीतसँगै सुरुवाती दुई खेलमा पराजित चितवनले प्ले अफमा स्थान बनाउने सम्भावना जिवितै राखेको छ।

चितवन यसअघि पहिलो खेलमा बुटवल ब्लास्टर्ससँग ७० तथा दोस्रो खेलमा घरेलु टोली पोखरा पल्टनसँग ५ विकेटले पराजित भएको थियो।

यता, तीन खेलबाट दोस्रो हार बेहोरेपछि धनगढीको पनि प्लेअफ पुग्ने सम्भावना उत्तिकै छ।

तपाईको प्रतिक्रिया