Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

काठमाडौँ, २७ जेठ २०७८ । मल्टिसिस्टम इन्फ्लेमेटरी सिन्ड्रोम (एमआईएस–सी) कोरोना संक्रमित बालबालिकाको मुटु, फोक्सो, मिर्गौला, छाला, आँखाजस्ता अंग सुनिने समस्या हो । यो सामान्तया कोरोना संक्रमितको भएको २ देखि ४ हप्तापछि देखा पर्छ।

यसका लक्षणहरु के के हुन सक्छन् र?

-आँखा रातो हुनु
-सास फेर्न गाह्रो हुनु
-घाँटी दुख्नु
-पेट दुख्नु
-ज्वरो आउनु
-पखाला लाग्नु
-छाला, ओठ वा नङ निलो हुनु
-शरीरमा डाबर आउनु
-थकान महसुस हुनु

कोरोना संक्रमित वा संक्रमितसँग सम्पर्कमा आएका बालबालिकाहरुलाई तीन दिनसम्म ज्वरो आएमा र यी मध्ये कुनै दुई वटा लक्षणहरु देखा परेमा तुरुन्त अस्पताल लैजानु पर्छ ।

यो समस्या के कारणले देखिन्छ भनेर यकिन भइसकेको छैन । तर यो कोरोना भाइरस संक्रमित वा संक्रमितसँग सम्पर्कमा आएका बालबालिकामा देखिने गरेको छ । त्यसैले यस्तो समस्या आउनै नदिन जनस्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्ने र गराउने गर्नुपर्छ ।कान्तिपुर

 

तपाईको प्रतिक्रिया