Online Bichar
बिहिबार, मंसिर ०४, २०८३ | Thursday, November 19, 2026

२७ जेठ २०७८ । भारतमा कोरोना भाइरसका कारण एकै दिन अहिलेसम्मकै धेरै व्यक्तिको मृत्यु भएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार १४८ जनाको मृत्यु भएको हो ।

बिहार सरकारले कोरोना संक्रणका कारण मृत्यु हुनेको संख्यामा ३ हजार ९५१ अद्यावधिक गरेकाले आँकडा बढेको भारतीय समाचार संस्थाहरुले जनाएका छन् । कोरोनाबाट बिहारमा जुन ९ सम्म ९ हजार ४२९ जनाको मृत्यु भएको जनाइएको छ ।

कोभिड–१९ का कारण तीन लाख ५९ हजार ६७६ जनाको मृत्यु भइसकेको भारतमा पछिल्लो २४ घण्टामा भने नयाँ संक्रमित जम्मा ९४ हजार ५२ जना फेला परेका छन् ।

कुल संक्रमित दुई करोड ९१ लाख ८३ हजार भन्दा धेरै पुग्दा २३ करोड ९० लाख ५८ हजारले खोप लगाएका छन् ।एजेन्सी

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments