Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

गौरादह, २६ जेठ २०७८ । झापाको गौरादहमा आज कोही पनि कोरोना संक्रमितका बिरामी थप भएका छैनन् । पछिल्लो २४ घण्टामा थपिने संक्रमितको संख्या शुन्य रहेको गौरादह नगर स्वास्थ्य शाखाका सह-संयोजक गोविन्द श्रेष्ठले जानकारी दिनुभयो । गौरादहमा कोरोना संक्रमणको दोस्रो लहरसँगै संक्रमित हुनेको संख्या २ सय ४९ पुगेको जनाइएको छ ।

यस्तै, आज कसैको पनि डिस्चार्ज नभएको र अहिले सम्मको डिस्चार्ज हुनेको संख्या ८० रहेको जनाइएको छ । कोरोना संक्रमित भई अहिले १ सय ४८ जना होम आइसोलेसनमा रहेका छन् । विभिन्न हस्पिटलको आइसोलेसनमा १३ जना संक्रमित उपचाररत रहेका छन् । गौरादह नगरपालिकाको जुरोपानीको आइसोलेसनमा १ जना कोरोना संक्रमितका बिरामी रहेका छन् । दोस्रो लहरको भेरियन्ट देखिएसँगै सक्रिय संक्रमितको संख्या १ सय ६२ पुगेको छ ।

यस्तै, ३५ वडा बेड रहेको आइसोलेसनमा १४ वटा अक्सिजन सिलिन्डर संक्रमित बिरामीहरुको उपचारको लागि तयारी अवस्थामा रहेको स्वास्थ्यका सहसंयोजक श्रेष्ठले बताउनुभयो । आज सम्म पीसीआर परिक्षणबाट १ सय ३६ जनाको र रेपिड एन्टिजेन परिक्षणबाट ४ सय ३१ जनाको कोरोना जाच गरिएको जनाइएको छ । दोस्रो लहरको कोरोनाको संक्रमण देखिएसँगै गौरादहमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ महिला र ४ पुरुष गरि ७ पुगेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया