Online Bichar
बिहिबार, मंसिर ०४, २०८३ | Thursday, November 19, 2026

गौरादह,२६ जेठ २०७८ । झापामा आज १ सय ७९ संक्रमित थप भएका छन् । पीसीआर परिक्षणबाट १ सय २३ र एन्टिजेन परिक्षणबाट ५६ जना गरि कुल १ सय ७९ जना संक्रमित थप भएको हो । ३ सय २८ जनाको पीसीआर र १ सय ६३ जनाको एन्टिजेन परिक्षण गर्दा कुल ४ सय ९१ जनाको कोरोना परिक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जिवन चौंलागाईले जानकारी दिनुभयो । पीसीआर परीक्षणबाट ५६ महिला र ६७ पुरुष गरि १ सय २३ जनामा संक्रमण पुष्टी भएको छ भने, एन्टिजेन परीक्षणबाट ३१ महिला र २५ पुरुष गरि ५६ जनामा संक्रमण देखिएको छ ।

पीसीआर परिक्षणबाट संक्रमित हुनेहरुमा दमकका २३ महिला र १५ पुरुष, बिर्तामोडका १० महिला र ८ पुरुष, मेचिनगरका २ पुरुष, भद्रपुरका ५ महिला र ९ पुरुष, कन्काईका ४ महिला र ४ पुरुष, अर्जुनधाराका ३ महिला र ५ पुरुष, बुद्धशान्तिका २ महिला र १ पुरुष, गौरिगन्जका १ महिला र ४ पुरुष, कचनकवलका २ पुरुष, कमलका ३ पुरुष, शिवसतासीका ३ महिला र ६ पुरुष, बाह्रदशीका ४ महिला र २ पुरुष, ठेगाना नखुलेका १ महिला र ६ पुरुष रहेका छन् ।

यस्तै, एन्टिजेन परीक्षणबाट बिर्तामोडका ११ महिला र ५ पुरुष, गौरादहका ४ पुरुष, कन्काईका १ महिला र १ पुरुष, अर्जुनधाराका ९ महिला र ४ पुरुष, बुद्धशान्तिका १० महिला र ८ पुरुष, कचनकवलका १ पुरुष, कमलका १ पुरुष, शिवसतासीका १ पुरुष रहेका छन् । यो सँगै झापामा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ११ हजार ९ सय ३ पुगेको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन चौंलागाईले जानकारी दिनुभयो ।
यस्तै, २४ घण्टामा २ सय ४ जना संक्रमित निको भएर डिस्चार्ज भएसँगै हालसम्म कोरोना संक्रमित भई निको भएर ७ हजार ४ सय ५३ जना डिस्चार्ज भएका छन् । हालसम्म कोरोना संक्रमित भई आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या ४ हजार १ सय ३९ पुगेको जनाइएको छ ।

यस्तै, झापामा कोरोना संक्रमणबाट ४ जना पुरुषको पीसीआर परिक्षणबाट कोरोना पुष्टी भएर मृत्यु भएको छ । यो सँगै पीसीआर परिक्षणबाट कोरोना पुष्टी भएर मृत्यु हुनेको संख्या २ सय ३९ पुगेको छ । यस्तै, एन्टिजेन परिक्षणबाट १ पुरुषको मृत्यु भएको छ । यो सँगै एन्टिजेन परिक्षणबाट कोरोना पुष्टी भएर मृत्यु हुनेको संख्या ४४ पुगेको छ । यो सँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या २ सय ८३ पुगेको जनाइएको छ ।

अहिलेसम्म एन्टिजेन परिक्षणबाट १ हजार ३ सय ५८ जनाको कोरोना पोजेटिभ पुष्टी भएको छ । यस्तै, हालसम्म ५२ हजार ६ सय ८० जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments