Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

झापा,२६ जेठ २०७८ । देशभर पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ४४ जना संक्रमित थप भएका छन् । पीसीआर परिक्षणबाट ३ हजार ४ सय ४९ र एन्टिजेन परिक्षणबाट ८ सय ९५ जनाको गरि कुल ४ हजार ३ सय ४४ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै पीसीआर परिक्षणबाट संक्रमित हुनेको संख्या ५ लाख ९८ हजार ८ सय १३ पुगेको छ भने, एन्टिजेन परिक्षणबाट १६ हजार ८ सय ३९ पुगेको छ । यो सँगै नेपालमा संक्रमित हुनेको कुल संख्या ६ लाख १५ हजार ६ सय ५२ पुगेको जनाइएको छ । यस्तै, एकैदिन ५ हजार ७ सय ६८ जना डिस्चार्ज हुँदा नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ५ लाख १० हजार २ सय ९८ पुगेको छ । यो सँगै नेपालमा कोरोना संक्रमित भई निको हुने दर ८४.२ प्रतिशत पुगेको छ ।

यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट १२ हजार ४७ र एन्टिजेन परिक्षणबाट ४ हजार ५ सय ६८ जना गरि कुल १६ हजार ६ सय १५ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट ३१ लाख ७९ हजार २ सय ३ जना र एन्टिजेन परिक्षणबाट ८६ हजार ३१ जनाको कोरोना परीक्षण गरिएको छ ।

यस्तै, होम आइसोलेसनमा ७४ हजार ४ सय ३८ जना रहेका छन् । संस्थागत आइसोलेसनमा ५ हजार ८ सय ९८ जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले १ हजार ३ सय १२ जना आई.सी.युमा र ३ सय ७५ जना भेन्टिलेटरमा रहेका छन् ।

यस्तै, ५ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा झापा सहित ४६ जिल्ला रहेका छन् । २ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा १४ जिल्ला रहेका छन् ।

यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा आज ८१ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ हजार १ सय ७९ पुगेको मन्त्रालयले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया