Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

झापा,२५ जेठ २०७८ । देशभर पछिल्लो २४ घण्टामा ५ हजार १ सय ५३ जना संक्रमित थप भएका छन् । पीसीआर परिक्षणबाट ३ हजार ८ सय ७० र एन्टिजेन परिक्षणबाट १ हजार २ सय ८३ जनाको गरि कुल ५ हजार १ सय ५३ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै पीसीआर परिक्षणबाट संक्रमित हुनेको संख्या ५ लाख ९५ हजार ३ सय ६४ पुगेको छ भने, एन्टिजेन परिक्षणबाट १५ हजार ९ सय ४४ पुगेको छ । यो सँगै नेपालमा संक्रमित हुनेको कुल संख्या ६ लाख ११ हजार ३ सय ८ पुगेको जनाइएको छ । यस्तै, एकैदिन ६ हजार ५ सय ७० जना डिस्चार्ज हुँदा नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ५ लाख ४ हजार ५ सय ३० पुगेको छ । यो सँगै नेपालमा कोरोना संक्रमित भई निको हुने दर ८४.७ प्रतिशत पुगेको छ ।

यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट १२ हजार ६५ र एन्टिजेन परिक्षणबाट ५ हजार ६ सय ११ जना गरि कुल १७ हजार ६ सय ७६ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट ३१ लाख ६७ हजार १ सइ २९ जना र एन्टिजेन परिक्षणबाट ८१ हजार ४ सय ६३ जनाको कोरोना परीक्षण गरिएको छ । जसमा सरकारी बाट १९ लाख ४२ हजार १ सय ८२ जनाको र निजी बाट १२ लाख २४ हजार ९ सय ४७ जनाको पीसीआर परीक्षण गरिएको जनाइएको छ ।

यस्तै, होम आइसोलेसनमा ७८ हजार ५ सय ५० जना रहेका छन् । संस्थागत आइसोलेसनमा ६ हजार १ सय ८६ जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले १ हजार ३ सय २१ जना आई.सी.युमा र ३ सय ७२ जना भेन्टिलेटरमा रहेका छन् ।

यस्तै, ५ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा झापा सहित ४६ जिल्ला रहेका छन् । २ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा १४ जिल्ला रहेका छन् ।

यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा आज १ सइ ८ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ हजार ९८ पुगेको मन्त्रालयले जनाएको छ ।
हाल सरकारी ५७ र निजी ३६ गरि ९३ वटा पीसीआर परीक्षण प्रयोगशालाहरु सञ्चालनमा रहेका छन् ।

 

तपाईको प्रतिक्रिया