Online Bichar
बिहिबार, मंसिर ०४, २०८३ | Thursday, November 19, 2026

धनकुटा, २५ जेठ २०७८ । कोरोना भाइरस संक्रमणका कारण धनकुटामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । धनकुटा नगरपालिका ६ बीचबजारका एकै परिवारका आमा, छोरी र छोराको मृत्यु भएको हो ।

मंगलबार मृत्यु भएका ६४ वर्षीय विश्वप्रकाश श्रेष्ठकी ९४ वर्षिया आमा सौभाग्यदेवीको गत साता मृत्यु भएको थियो । यसअघि विश्वप्रकाशकी दिदी विजयाश्रीको पनि मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । उनीहरु सबैको एक महिनाको अवधिमा मृत्यु भएको छ ।

मृतक विश्वप्रकाशको विराटनगरको नोबेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।कान्तिपुरबाट साभार

 

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments