गौरादह,२४ जेठ २०७८ । झापामा आज २ सय ३५ जना संक्रमित थप भएका छन् । पीसीआर परिक्षणबाट १ सय ५२ र एन्टिजेन परिक्षणबाट ८३ जना गरि कुल २ सय ३५ जना संक्रमित थप भएको हो । आज ४ सय ४५ जनाको पीसीआर र १ सय ४२ जनाको एन्टिजेन परिक्षणबाट गरी कुल ५ सय ८७ जनाको कोरोना परिक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जिवन चौंलागाईले जानकारी दिनुभयो । पीसीआर परीक्षणबाट ७६ महिला र ७६ पुरुष गरि १ सय ५२ जनामा संक्रमण पुष्टी भएको छ भने, एन्टिजेन परीक्षणबाट ४३ महिला र ४० पुरुष गरि ८३ जनामा संक्रमण देखिएको छ ।
यस्तै, एन्टिजेन परीक्षणबाट बिर्तामोडका १० महिला र १० पुरुष, गौरादहका २ पुरुष, मेचिनगरका ३ महिला र ३ पुरुष, अर्जुनधाराका १६ महिला र १० पुरुष, बुद्धशान्तिका ८ महिला र ६ पुरुष, कचनकवलका १ महिला र ३ पुरुष, कमलका ५ महिला र ६ पुरुषमा संक्रमण देखिएको हो । यो सँगै झापामा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ११ हजार ५ सय ५६ पुगेको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन चौंलागाईले जानकारी दिनुभयो ।
यस्तै, २४ घण्टामा १ सय ५२ जना संक्रमित निको भएर डिस्चार्ज भएसँगै हालसम्म कोरोना संक्रमित भई निको भएर ७ हजार ९३ जना डिस्चार्ज भएका छन् । हालसम्म कोरोना संक्रमित भई आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या ४ हजार १ सय ५५ पुगेको जनाइएको छ ।
यस्तै, झापामा कोरोना संक्रमणबाट आज ३ महिला र १ पुरुषको पीसीआर परिक्षणबाट कोरोना पुष्टी भएर मृत्यु भएको छ । यो सँगै पीसीआर परिक्षणबाट कोरोना पुष्टी भएर मृत्यु हुनेको संख्या २ सय ३० पुगेको छ । यस्तै, एन्टिजेन परिक्षणबाट ३ महिला र १ पुरुषको मृत्यु भएको छ । यो सँगै एन्टिजेन परिक्षणबाट कोरोना पुष्टी भएर मृत्यु हुनेको संख्या ४२ पुगेको छ । यो सँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या २ सय ७२ पुगेको जनाइएको छ ।
अहिलेसम्म एन्टिजेन परिक्षणबाट १ हजार २ सय ५४ जनाको कोरोना पोजेटिभ पुष्टी भएको छ । यस्तै, हालसम्म ५१ हजार ७ सय ७० जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको जनाइएको छ ।






