Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

गौरादह, २४ जेठ २०७८ । झापाको गौरादहमा आज एकै वार्डका ७ सहित १४ जनामा संक्रमण पुष्टी भएको छ । एन्टिजेन परिक्षणबाट एकैदिन १४ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । संक्रमितहरु गौरादह-१ का ५९,१२,५० वर्षिय पुरुष र १८,७८,४६,५० वर्षिया महिला गरि आज सबैभन्दा बढि ७ जना संक्रमित थपिएका हुन् । यस्तै, वडा नं. २ का २२ वर्षिय पुरुष र २० वर्षिया महिला, वडा नं.८ का ३८,४८,६३ वर्षिय पुरुष र ४८, २० वर्षिय महिला रहेका छन् ।

१४ जना संक्रमित थप भएसँगै गौरादहमा कोरोना संक्रमणको दोस्रो लहरसँगै संक्रमित हुनेको संख्या २ सय ४४ पुगेको गौरादह नगर स्वास्थ्य शाखाका सह-संयोजक गोविन्द श्रेष्ठले जानकारी दिनुभयो । यस्तै, आज कसैको पनि डिस्चार्ज नभएको र अहिले सम्मको डिस्चार्ज संख्या ८० रहेको जनाइएको छ । कोरोना संक्रमित भई अहिले १ सय ४३ जना होम आइसोलेसनमा रहेका छन् । विभिन्न हस्पिटलको आइसोलेसनमा १३ जना संक्रमित उपचाररत रहेका छन् । गौरादह नगरपालिकाको जुरोपानीको आइसोलेसनमा १ जना कोरोना संक्रमितका बिरामी रहेका छन् ।

दोस्रो लहरको भेरियन्ट देखिएसँगै सक्रिय संक्रमितको संख्या १ सय ५७ पुगेको छ । यस्तै, ३५ वडा बेड रहेको आइसोलेसनमा १४ वटा अक्सिजन सिलिन्डर संक्रमित बिरामीहरुको उपचारको लागि तयारी अवस्थामा रहेको स्वास्थ्यका सहसंयोजक श्रेष्ठले बताउनुभयो । आज सम्म पीसीआर परिक्षणबाट १ सय ३६ जनाको र रेपिड एन्टिजेन परिक्षणबाट ४ सय ५ जनाको कोरोना जाच गरिएको जनाइएको छ । दोस्रो लहरको कोरोनाको संक्रमण देखिएसँगै गौरादहमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ महिला र ४ पुरुष गरि ७ पुगेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया