Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

झापा,२४ जेठ २०७८ । देशभर पछिल्लो २४ घण्टामा ४ हजार ४ सय ७२ जना संक्रमित थप भएका छन् । पीसीआर परिक्षणबाट ३ हजार ३ सय ७० र एन्टिजेन परिक्षणबाट १ हजार ९ सय २ जनाको गरि कुल ४ हजार ४ सय ७२ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै पीसीआर परिक्षणबाट संक्रमित हुनेको संख्या ५ लाख ९१ हजार ४ सय ९४ पुगेको छ भने, एन्टिजेन परिक्षणबाट १४ हजार ६ सय ६१ पुगेको छ । यो सँगै नेपालमा संक्रमित हुनेको कुल संख्या ६ लाख ६ हजार १ सय ५५ पुगेको जनाइएको छ । यस्तै, एकैदिन ६ हजार ९ सय ५१ जना डिस्चार्ज हुँदा नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ४ लाख ९७ हजार ९ सय ६० पुगेको छ । यो सँगै नेपालमा कोरोना संक्रमित भई निको हुने दर ८४.२ प्रतिशत पुगेको छ ।

यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट १२ हजार २ र एन्टिजेन परिक्षणबाट ५ हजार ९ सय १ जना गरि कुल १७ हजार ९ सय ३ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट ३१ लाख ५५ हजार ६४ जना र एन्टिजेन परिक्षणबाट ७५ हजार ८ सय ५२ जनाको कोरोना परीक्षण गरिएको छ । जसमा सरकारी बाट १९ लाख ३३ हजार ७ सय ६३ जनाको र निजी बाट १२ लाख २१ हजार ३ सय १ जनाको पीसीआर परीक्षण गरिएको जनाइएको छ ।

यस्तै, होम आइसोलेसनमा ७८ हजार ३ सय ६४ जना रहेका छन् । संस्थागत आइसोलेसनमा ७ हजार १ सय ८० जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले १ हजार ४ सय ३४ जना आई.सी.युमा र ३ सय ९७ जना भेन्टिलेटरमा रहेका छन् ।

यस्तै, ५ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा झापा सहित ४७ जिल्ला रहेका छन् । २ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा १३ जिल्ला रहेका छन् ।

यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा आज ९२ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ७ हजार ९ सय ९० पुगेको मन्त्रालयले जनाएको छ ।
हाल सरकारी ५७ र निजी ३६ गरि ९३ वटा पीसीआर परीक्षण प्रयोगशालाहरु सञ्चालनमा रहेका छन् ।

 

तपाईको प्रतिक्रिया