Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

 

अछाम, १४ कात्तिक । मदिरा सेवन गरी बजारमा हो–हल्ला गरेको आरोपमा पक्राउ परेका मंगलसेन–७ का जड्फे जैसी जरीवानाबापतको १ सय रुपैयाँ बुझाउन नसक्दा जेल चलान भएका छन् ।

स्थानीय प्रशासन ऐन–२०२८ को दफा ९ (१) बमोजिम तिर्नुपर्ने १ सय रुपैयाँ तिर्न नसक्दा जैसी चार दिनका लागि जेल चलान भएको अछाम प्रहरी प्रमुख डीएसपी जनकबहादुर शाहीले जानकारी दिए ।

जरीवानावापत जिल्ला प्रशासन कार्यालयले तोकेको १ सय रुपैयाँ बुझाउन नसक्दा उक्त जरीवानाबाट कट्टी हुनेगरी जेल भुक्तान गर्नुपर्ने अवस्था आएको अछाम प्रहरीले जानकारी दिएको छ ।

सोमबार बेलुकी करिब ८ः३० बजेतिर जैसीले उक्त नगरपालिका–६ को ठूलासेन बजार र घरमा गालीगलौज र होहल्ला गरेकाले नियन्त्रण लिएर कारबाही भएको डीएसपी शाहीको भनाइ छ ।

 

तपाईको प्रतिक्रिया