Online Bichar
सोमबार, बैशाख २८, २०८३ | Monday, May 11, 2026

काठ्माडौं, २४ जेठ २०७८ । नेपाल आयल निगमले हवाइ इन्धन (अन्तर्राष्ट्रिय उडानतर्फ) को मूल्य घटाएको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायले जारी गरेको विज्ञप्तिमा गएराति १२ बजेदेखि लागू हुने गरी हवाइ इन्धनको मूल्य घटाउने निर्णय भएको उल्लेख गरिएको छ ।

कोरोनाको कारण सिर्जित वर्तमान अवस्था रहुन्जेल अन्तर्राष्ट्रिय हवाइ इन्धनमा बढीमा १९ प्रतिशतसम्म नाफा राखी मूल्य निर्धारण गर्ने नीति पारित भएकाले साविकको विक्री मूल्य अमेरिकी डलर ८९३ प्रतिकिलोलिटरमा १७८ ले घटाइ ७१५ प्रतिकिलो लिटर अमेरिकी डलर कायम गरिएको निगमले जनाएको छ ।

निगमले शनिबार डिजेल, पेट्रोल र मट्टितेलको मूल्य बढे बढाउने निर्णय गरेको थियो ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments