Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

गौरादह, २३ जेठ २०७८ । झापाको गौरादहमा एकैदिन ३४ जना संक्रमित डिस्चार्ज भएका छन् । दोस्रो लहरको भेरियन्ट देखिएसँगै निको भएर डिस्चार्ज हुनेको संख्या अहिले सम्म ८० पुगेको छ । पीसीआर परिक्षणबाट ६ र एन्टिजेन परिक्षणबाट १ गरि आज ७ जना संक्रमित थपिएका छन् ।

संक्रमितहरु गौरादह-१ कि २२ वर्षिया महिला, वडा नं. २ का ४७ वर्षिय पुरुष, वडा नं. ३ का ३१ वर्षिय पुरुष, वडा नं. ४ कि ३८ वर्षिया महिला, वडा नं. ५ का ८६ वर्षिय पुरुष र ६० वर्षिया महिला, वडा नं. ७ का ५० वर्षिय पुरुष रहेका छन् । ७ जना थप भए सँगै गौरादहमा कोरोना संक्रमणको दोस्रो लहरसँगै संक्रमित हुनेको संख्या २ सय ३० पुगेको गौरादह नगर स्वास्थ्य शाखाका सह-संयोजक गोविन्द श्रेष्ठले जानकारी दिनुभयो ।

कोरोना संक्रमित भई अहिले १ सय २९ जना होम आइसोलेसनमा रहेका छन् । विभिन्न हस्पिटलको आइसोलेसनमा १३ जना संक्रमित उपचाररत रहेका छन् । गौरादह नगरपालिकाको जुरोपानीको आइसोलेसनमा १ जना कोरोना संक्रमितका बिरामी रहेका छन् । दोस्रो लहरको भेरियन्ट देखिएसँगै सक्रिय संक्रमितको संख्या १ सय ४३ पुगेको छ । यस्तै, ३५ वडा बेड रहेको आइसोलेसनमा ४ वटा अक्सिजन थप गरि १४ वटा अक्सिजन सिलिन्डर संक्रमित बिरामीहरुको उपचारको लागि तयारी अवस्थामा रहेको स्वास्थ्यका सह-संयोजक श्रेष्ठले बताउनुभयो ।

आज सम्म पीसीआर परिक्षणबाट १ सय ३६ जनाको र रेपिड एन्टिजेन परिक्षणबाट ३ सय ७५ जनाको कोरोना जाच गरिएको जनाइएको छ । दोस्रो लहरको कोरोनाको संक्रमण देखिएसँगै गौरादहमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ महिला र ४ पुरुष गरि ७ पुगेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया