Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

अनलाइनविचार

गौरादह, २३ जेठ २०७८ । गौरादह नगर स्काउटले कोभिड-१९ रोकथाम र नियन्त्रण सम्बन्धि सचेतना फैलाउन विभिन्न कार्यक्रम गरेको छ । दोस्रो लहरको कोरोेना संक्रमण तिव्र रुपमा फैलिरहेको जोखिम अवस्थामा शनिबार(हिंजो) सुकुम्बासी बस्तीमा गई चेतनामूलक कार्यक्रम गरेको हो ।

कोरोना महामारीले समुदायमा समेत संक्रमण फैलिने क्रम बढ्दै गएको भन्दै समुदायमा कोरोना भाईरस विरुद्ध जनचेतना फैलाउने उद्देश्यले उक्त कार्यक्रम गरेको स्काउट तदर्थ कमिटी सदस्य प्रकाश भट्टराईले बताउनुभयो ।

गौरादह नगर स्काउटले पहिलो कार्यक्रम अन्तर्गत गौरादह नगरपालिका-१ को डिठ्ठा चोक र २ नं. वडाको सुकुम्बासी बस्तीमा गई त्यहाँका समुदायलाई बढी भिडभाड हुने ठाउँमा कोभिड-१९ बाट बच्न र बचाउन जनचेतना जगाउने लगायतका कार्यहरु गरिएको जनाइएको छ । सुकुम्बासी बस्तीमै पुगेर मास्क सेनिटाईजरका साथमा सामाजिक दुरि समेत कायम गरि एसएमएस कार्यक्रम अन्तर्गत मास्क र हातमा लगाउने पन्जा वितरण गरिनुका साथै कोरोना भाइरस संक्रमणबाट बच्न आफुले अवलम्बन गर्नुपर्ने चेतनामुलक सन्देशका पोस्टहरु टासिएको स्काउट तदर्थ कमिटी सदस्य भट्टराईले बताउनु भएको छ ।

यस्तै,कोरोना संक्रमणबाट बच्न एसएमएसको उपाय अवलम्बन गर्न आग्रह गरिएको छ । एस को अर्थ सामाजिक दुरि, एमको अर्थ मास्क र एस को अर्थ हातको सरसफाई(सेनीटाइजर) गर्ने बानिले पनि कोरोनाको जोखिमबाट केही हदसम्म भएपनि जोगिन सकिने स्काउट तदर्थ कमिटी सदस्य भट्टराईले बताउनुभयो । उक्त कार्यक्रममा गौरादह नगर स्काउट संयोजक गंगा कार्की लगायत अन्य सदस्यहरुको उपस्थिति रहेको थियोे ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया