Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

गौरादह, २२ जेठ २०७८ । झापाको गौरादहमा आज १ जना संक्रमित थपिएका छन् । पीसीआर परिक्षणबाट गौरादह७ का ४२ वर्षिय पुरुषमा संक्रमण पुष्टी भएको हो । यो सँगै गौरादहमा कोरोना संक्रमणको दोस्रो लहरसँगै संक्रमित हुनेको संख्या २ सय २३ पुगेको गौरादह नगर स्वास्थ्य शाखाका सह-संयोजक गोविन्द श्रेष्ठले जानकारी दिनुभयो

। यस्तै, अहिलेसम्म कोरोना संक्रमण भई निको भएर डिस्चार्ज हुनेको संख्या ४६ पुगेको जनाइएको छ । कोरोना संक्रमित भई अहिले १ सय ४६ जना होम आइसोलेसनमा रहेका छन् । २० जना हस्पिटलको आइसोलेसनमा रहेका छन् । गौरादह नगरपालिकाको जुरोपानीको आइसोलेसनमा ४ जना संक्रमित रहेका छन् । दोस्रो लहरको भेरियन्ट देखिएसँगै सक्रिय संक्रमितको संख्या १ सय ६९ पुगेको छ । ३५ वडा बेड रहेको आइसोलेसनमा १० वटा अक्सिजन सिलिन्डर तयारी अवस्थामा रहेको जनाइएको छ ।

आज सम्म पीसीआर परिक्षणबाट १ सय ३६ जनाको र रेपिड एन्टिजेन परिक्षणबाट ३ सय ७३ जनाको कोरोना जाच गरिएको जनाइएको छ । दोस्रो लहरको कोरोनाको संक्रमण देखिएसँगै गौरादहमा कोरोनाका कारण आधिकारिक रुपमा मृत्यु हुनेको संख्या ३ महिला र ४ पुरुष गरि ७ पुगेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया