Online Bichar
बिहिबार, बैशाख ०६, २०८१ | Thursday, April 18, 2024

शान्ति सुब्बा
गौरादह, २२ जेठ २०७८ । झापाको गौरादहमा कोरोनासंक्रमणबाट एक महिलाको मृत्यु भएको छ । गौरादह-३ गैरी गाउँ कि ६० वर्षिया पञ्च कुमारी राईको कोरोना संक्रमणबाट मृत्यु भएको हो । मृतक महिलाको विराटनगर कोेशी कोभिड-१९ अस्पतालमा उपचारको क्रममा शुक्रबार(हिंजो)साँझ ५ः३० बजे मृत्यु भएको गौरादह नगर स्वास्थ्य शाखाका सहसंयोजक गोविन्द श्रेष्ठले जानकारी दिनुभयो ।

मृतक महिलामा सामान्य रुघा खोकी ज्वरो आएपछी जेठ ८ गते रेपिड एन्टिजेन परिक्षण गराउँदा कोरोना पुष्टी भएको गौरादह-३ का कोभिड-१९ फोकल पर्सन नरेन्द्र भारतीले जानकारी दिनुभयो । कोरोना संक्रमण पुष्टी भएर यहि जेठ ९ गते विराटनगर कोशी कोभिड-१९ हस्पिटलमा उपचारको लागि लगिएको थियो । यस्तै, गौरादह-३ मा अहिले सम्म २८ जनालाई कोरोना संक्रमण भईसकेको फोकल पर्सन भारतीले बताउनुभयो । मृतक महिलामा कोरोना संक्रमण पुष्टी भए पश्चात उहाँका परिवार र छिमेकमा कोभिड-१९ परिक्षण गरिसकिएको र हाल सबैको अवस्था सामान्य रहेको गौरादह-३ का वडाध्यक्ष गजेन्द्र घिमिरेले जानकारी दिनुभयो ।

यस्तैगरि, गौरादहमा हिंजोको तथ्यांक अनुसार हालसम्म कोरोना संक्रमणको दोस्रो लहरसँगै संक्रमित हुनेको संख्या २ सय २२ पुगेको जनाइएको छ । दोस्रो लहरको कोरोना संक्रमण देखिएसँगै गौरादहमा कोरोनाका कारण आधिकारिक रुपमा मृत्यु हुनेको संख्या ३ महिला र ४ पुरुष गरि ७ पुगेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया