Online Bichar
बिहिबार, मंसिर ०४, २०८३ | Thursday, November 19, 2026

काठमाडौं, २१ जेठ २०७८ । कोरोना महामारीको तेस्रो र चौथो लहर पनि आउन सक्ने आंकलन गर्दै सरकारले त्यसको तयारीमा जुट्न सम्बन्धित निकायहरुलाई निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार निकालेको विज्ञप्तिमा उक्त लहरको असर सबैभन्दा बढी बालबालिकामा पर्नसक्ने जोखिम औल्याइएको छ ।

बालबालिका बढी संक्रमित हुन सक्ने भन्दै मन्त्रालयले सबै सरकारी तथा निजी अस्पताललाई कम्तीमा २० प्रतिशत शैया तयारी अवस्थामा राख्न भनेको छ ।

मन्त्रालयले सबै अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई पत्राचार गरी बालबालिकाको उपचारमा प्रयोग हुने गरी अस्पतालका २० प्रतिशत शैया राख्न महाशाखा प्रमुख डा। मदनकुमार उपाध्यायले आग्रह गर्नुभएको हो ।

मन्त्रालयले अस्पतालहरूलाई अक्सिजनको व्यवस्थापन गर्न पनि भनेको छ ।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments