गौरादह, २१ जेठ २०७८ । झापाको गौरादहमा कोरोना संक्रमणको दोस्रो लहरको भेरियन्ट फैलिएसँगै संक्रमित भएर होम आइसोलेसनमा बस्नेको संख्या १ सय ४६ पुगेको छ । आज एक जना संक्रमित थप भएसँगै संक्रमित भएर होम आइसोलेसनमा बस्नेको संख्या १ सय ४६ पुगेको गौरादह नगर स्वास्थ्य शाखाका सहसंयोजक गोविन्द श्रेष्ठले जानकारी दिनुभयो । यस्तै, कोरोना संक्रमित भएर विभिन्न हस्पिटलको आइसोलेसनमा २० जना संक्रमित उपचाररत रहेका छन् ।
आज एन्टिजेन परिक्षणबाट गौरादह-८ कि ५० वर्षिया महिलामा संक्रमण पुष्टी भएसँगै गौरादहमा कोरोना संक्रमणको दोस्रो लहरसँगै संक्रमित हुनेको संख्या २ सय २२ पुगेको जनाइएको छ । यस्तै अहिलेसम्म कोरोना संक्रमण भई निको भएर डिस्चार्ज हुनेको संख्या ४६ पुगेको जनाइएको छ । गौरादह नगरपालिकाको जुरोपानीको आइसोलेसनमा ४ जना संक्रमित रहेका छन् । दोस्रो लहरको भेरियन्ट देखिएसँगै सक्रिय संक्रमितको संख्या १ सय ७० पुगेको छ । ३५ वडा बेड रहेको आइसोलेसनमा १० वटा अक्सिजन सिलिन्डर तयारी अवस्थामा रहेको जनाइएको छ ।
आज सम्म पीसीआर परिक्षणबाट १ सय ३६ जनाको र रेपिड एन्टिजेन परिक्षणबाट ३ सय ७३ जनाको कोरोना जाच गरिएको जनाइएको छ । दोस्रो लहरको कोरोनाको संक्रमण देखिएसँगै गौरादहमा कोरोनाका कारण आधिकारिक रुपमा मृत्यु हुनेको संख्या २ महिला र ४ पुरुष गरि ६ पुगेको जनाइएको छ ।






