झापा,२१ जेठ २०७८ । देशभर आज पछिल्लो २४ घण्टामा ६ हजार ६ सय ५३ जना संक्रमित थपिंदा ८ हजार ६ सय ६३ जना कोरोना मुक्त भएका छन् । पीसीआर परिक्षणबाट ४ हजार ६ सय २४ र एन्टिजेन परिक्षणबाट २ हजार २९ जनाको गरि ६ हजार ६ सय ५३ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै नेपालमा संक्रमित हुनेको संख्या ५ लाख ८१ हजार ५ सय ६० पुगेको जनाइएको छ । यस्तै, एकैदिन ८ हजार ६ सय ६३ जना डिस्चार्ज हुँदा नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ४ लाख ७६ हजार १ सय ३० पुगेको छ । यो सँगै नेपालमा कोरोना संक्रमित भई निको हुने दर ८१.९ प्रतिशत पुगेको छ ।
यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट १४ हजार १ सय ८२ र एन्टिजेन परिक्षणबाट ६ हजार ६ सय ३१ जना गरि कुल २० हजार ८ सय १३ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट ३१ लाख २१ हजार १ सय २० जनाको नमुना परीक्षण गरिएको छ । जसमा सरकारी बाट १९ लाख ११ हजार ४ सय ४८ जनाको र निजी बाट १२ लाख ९ हजार ६ सय ७२ जनाको पीसीआर परीक्षण गरिएको जनाइएको छ । मन्त्रालयका अनुसार हालसम्म ७ सय ५५ जना व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।
यस्तै, देशभर सक्रिय संक्रमित भई ९७ हजार ६ सय ९९ जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेसनमा ९० हजार ८ सय ९२ जना रहेका छन् । संस्थागत आइसोलेसनमा ६ हजार ८ सय ७ जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले १ हजार ४ सय २२ जना आई.सी.युमा र ३४सय ४ जना भेन्टिलेटरमा रहेका छन् ।
यस्तै, ५ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा झापा सहित ४७ जिल्ला रहेका छन् । २ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा १३ जिल्ला रहेका छन् ।
यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा आज १ सय १ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ७ हजार ७ सय ३१ पुगेको मन्त्रालयले जनाएको छ ।
हाल सरकारी ५७ र निजी ३६ गरि ९३ वटा पीसीआर परीक्षण प्रयोगशालाहरु सञ्चालनमा रहेका छन् ।






