Online Bichar
बिहिबार, मंसिर ०४, २०८३ | Thursday, November 19, 2026

झापा,२० जेठ २०७८ । देशभर आज पछिल्लो २४ घण्टामा ६ हजार ८ सय २५ जना संक्रमित थपिएका छन् । पीसीआर परिक्षणबाट ५ हजार ८ सय २५ र एन्टिजेन परिक्षणबाट १ हजार जनाको गरि ६ हजार ८ सय २५ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै नेपालमा संक्रमित हुनेको संख्या ५ लाख ७६ हजार ९ सय ३६ पुगेको जनाइएको छ । यस्तै, एकैदिन ५ हजार ९ सय ४ जना डिस्चार्ज हुँदा नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ४ लाख ६७ हजार ४ सय ६७ पुगेको छ । यो सँगै नेपालमा कोरोना संक्रमित भई निको हुने दर ८१ प्रतिशत पुगेको छ ।

यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट १८ हजार ५ सय ६२ र एन्टिजेन परिक्षणबाट ३ हजार २ सय ११ जना गरि कुल २१ हजार ७ सय ७३ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट ३१ लाख ६ हजार ९ सय ३८ जनाको नमुना परीक्षण गरिएको छ । जसमा सरकारी बाट १९ लाख १ हजार ४ सय ८७ जनाको र निजी बाट १२ लाख ५ हजार ४ सय ५१ जनाको पीसीआर परीक्षण गरिएको जनाइएको छ । मन्त्रालयका अनुसार हालसम्म ८ सय ३१ जना व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।

यस्तै, देशभर सक्रिय संक्रमित भई १ लाख १ हजार ८ सय ३९ जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेसनमा ९४ हजार ९ सय ९ जना रहेका छन् । संस्थागत आइसोलेसनमा ६ हजार ९ सय ३० जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले १ हजार ४ सय ४४ जना आई.सी.युमा र ३ सय ९८ जना भेन्टिलेटरमा रहेका छन् ।

यस्तै, ५ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा झापा सहित ४८ जिल्ला रहेका छन् । २ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा १३ जिल्ला रहेका छन् ।

यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा आज ७५ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ७ हजार ६ सय ३० पुगेको मन्त्रालयले जनाएको छ ।
हाल सरकारी ५७ र निजी ३६ गरि ९३ वटा पीसीआर परीक्षण प्रयोगशालाहरु सञ्चालनमा रहेका छन् ।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments