Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

काठमाडौ १४ कात्तिक । विशेष अदालतले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका तत्कालीन अध्यक्ष डाक्टर भक्तमान श्रेष्ठलाई भ्रष्टाचारी ठहर गरेको छ ।

विशेष अदालतका अध्यक्ष तथा न्यायाधीश बाबुराम रेग्मी, न्यायाधीशद्वय रत्नबहादुर बागचन्द, प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले एक वर्ष कैद र १ करोड १८ लाख ६६ हजार जरिवाना फैसला गरेको छ ।

डाक्टर श्रेष्ठ भरतपपुर क्यान्सर अस्पतालको अध्यक्ष भएर काम गर्दा स्रोत नखुलेको सम्पत्ति देखिएको थियो । त्यसपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३ वर्ष अघि विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको थियो ।

अख्तियारले १ करोड ६७ लाख ५७ हजार स्रोत नखुलेको गैरकानुनी सम्पत्ति कमाएको मागदाबी सहित २०७२ फागुन २ गते आरोपपत्र दर्ता गरेको थियो । अदालतले डा श्रेष्ठकी श्रीमती शिलु श्रेष्ठलाई भने सफाइ दिएको छ ।

डाक्टर श्रेष्ठ विशेषज्ञ चिकित्सकका रूपमा अस्पतालमा २०५४ सालमा सेवा प्रवेश गरी २०६४ भदौदेखि २०६७ सालसम्म क्यान्सर अस्पतालको कार्यकारी निर्देशक भएर काम गरेका थिए ।

तपाईको प्रतिक्रिया