Online Bichar
बिहिबार, मंसिर ०४, २०८३ | Thursday, November 19, 2026

गौरादह, १९ जेठ २०७८ । झापाको गौरादहमा आज ७ जना संक्रमित थपिएका छन् । पीसीआर परिक्षणबाट १ जना र एन्टिजेन परिक्षणबाट ६ जना गरि ७ जनामा संक्रमण पुष्टी भएको हो । कन्टयाक्ट ट्रेसिङको आधारमा १४ जनाको एन्टिजेन परिक्षणबाट कोरोना परिक्षण गर्दा ६ जनामा कोरोना संक्रमण पुष्टी भएको जनाइएको छ ।

संक्रमितहरु गौरादह-३ का ३६ वर्षिय पुरुष, वडा नं. ५ कि ३६ वर्षिया महिला, वडा नं. ८ का ४६ र ५१ वर्षिय पुरुष र वडा नं. ९ का १४, १९ वर्षिय पुरुष र १९ वर्षिया महिलामा गरी २ महिला र ५ पुरुषमा संक्रमण देखिएको छ । यो सँगै गौरादहमा कोरोना संक्रमणको दोस्रो लहरसँगै संक्रमित हुनेको संख्या २ सय १८ पुगेको जनाइएको छ । यस्त अहिलेसम्म कोरोना संक्रमण भई निको भएर डिस्चार्ज हुनेको संख्या ४६ पुगेको जनाइएको छ । कोरोना संक्रमित भई अहिले १ सय ४२ जना होम आइसोलेसनमा रहेका छन् । २० जना हस्पिटलको आइसोलेसनमा रहेका छन् । गौरादह नगरपालिकाको जुरोपानीको आइसोलेसनमा ४ जना संक्रमित रहेका छन् ।

दोस्रो लहरको भेरियन्ट देखिएसँगै सक्रिय संक्रमितको संख्या १ सय ६६ पुगेको छ । ३५ वडा बेड रहेको आइसोलेसनमा १० वटा अक्सिजन सिलिन्डर तयारी अवस्थामा रहेको जनाइएको छ । आज सम्म पीसीआर परिक्षणबाट १ सय ३६ जनाको र रेपिड एन्टिजेन परिक्षणबाट ३ सय ४८ जनाको कोरोना जाच गरिएको जनाइएको छ । दोस्रो लहरको कोरोनाको संक्रमण देखिएसँगै गौरादहमा कोरोनाका कारण आधिकारिक रुपमा मृत्यु हुनेको संख्या २ महिला र ४ पुरुष गरि ६ पुगेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments