Online Bichar
सोमबार, आषाढ १५, २०८३ | Monday, June 29, 2026

काठमाडौं, १४ कात्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कात्तिक १४ र १५ गते छ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने भएको छ ।

भिटामिन ए कार्यक्रम सरकारको राष्ट्रिय कार्यक्रमभित्र पर्छ । परिवार कल्याण महाशाखाका पोषण प्रमुख केदार पराजुलीले सरकारको राष्ट्रिय कार्यक्रमअन्र्तगत बुधबार र बिहीबार भिटामिन ए तथा जुकाको औषधि खुवाइने जानकारी दिए । बुधबार भिटामिन ए र जुकाको औषधि खान छुटेका बालबालिकालाई बिहीबार खुवाइनेछ ।

छ महिनादेखि पाँच वर्षसम्मका २७ लाख बालबालिकालाई भिटाभिन ए खुवाइने जानकारी दिँदै उनले यसको लागि ६० हजार स्वास्थ्यकर्मीहरु परिचालन गरिएको बताए । उनले जुकाको औषधि एक वर्षदेखि पाँच वर्षिभत्रका बालबालिकालाई खुवाउने बताए। उनका अनुसार भिटामिन ए र जुकाको औषधि खुवाउने राष्ट्रिय कार्यक्रमको लागि छ करोड रुपैयाँ खर्च हुनेछ।

उनले बालबालिकालाई सङ्क्रमक रोगहरुबाट बचाउन, निमोनिया तथा झाडापखालाको प्रकोपबाट जोगाउन, रोगप्रतिरोधि क्षमता बढाई बाल मृत्यु दर घटाउन, आँखा सम्बन्धि रोगबाट बचाउन भिटामिन ‘ए’ खुवाउने गरिएको जानकारी दिए ।

भिटामिन ‘ए’ तथा जुकाको औषधि तोकिएको उमेर समूहका बालबालिकालाई हरेक वर्ष दुई पटक वैशाख ६ र ७ गते तथा कात्तिक २ र ३ गते खुवाइने गरिन्छ । यसपटक कात्तिक २ र ३ गते दशै परेकोले कात्तिक १४ र १५ गते खुवाउन लागिएको हो।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments