Online Bichar
बिहिबार, मंसिर ०४, २०८३ | Thursday, November 19, 2026

अनलाइनविचार
गौरादह, १८ जेठ २०७८ । झापाको गौरादहमा कोरोना संक्रमणको जोखिम बढ्दै गएको छ । एउटै वडाका ५ जनामा संक्रमण देखिनुले पनि संक्रमणको जोखिम बढ्दै गएको पाइएको हो । एन्टिजेन परिक्षणबाट आज गौरादह नगरपालिका-२ का ५ जनामा संक्रमण पुष्टी भएको छ । हिंजो(सोमबार)मात्र गौरादह-४ का ४ जनामा संक्रमण पुष्टी भएको थियो । वडा नै पिच्छे ४–५ जनामा संक्रमण देखिनुले पनि गौरादह कोरोनाको जोखिममा रहेको बुझ्न सकिन्छ । गौरादह नगरपालिका२ को हिमाल चौक र र माझ गाउँमा कन्टयाक्ट ट्रेसिङको आधारमा संक्रमित बिरामीहरुको सम्पर्कमा आएका व्यक्तिहरु मध्ये कोभिड-१९ सँग मिल्दोजुल्दो लक्षण देखिएपछि १६ जनाको रेपिड एन्टिजेन परिक्षण गरिएकोमा ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको गौरादह नगर स्वास्थ्य शाखाका सहसंयोजक गोविन्द श्रेष्ठले जानकारी दिनुभयो ।

यो सँगै गौरादहमा कोरोना संक्रमणको दोस्रो लहरसँगै संक्रमित हुनेको संख्या २ सय ११ पुगेको जनाइएको छ । यस्तै अहिलेसम्म कोरोना संक्रमण भई निको भएर डिस्चार्ज हुनेको संख्या ४६ पुगेको जनाइएको छ । कोरोना संक्रमित भई अहिले १ सय ३५ जना होम आइसोलेसनमा रहेका छन् । २० जना हस्पिटलको आइसोलेसनमा रहेका छन् । गौरादह नगरपालिकाको जुरोपानीको आइसोलेसनमा ४ जना संक्रमित रहेका छन् । दोस्रो लहरको भेरियन्ट देखिएसँगै सक्रिय संक्रमितको संख्या १ सय ५९ पुगेको छ ।

३५ वडा बेड रहेको आइसोलेसनमा १० वटा अक्सिजन सिलिन्डर तयारी अवस्थामा रहेको जनाइएको छ । आज सम्म पीसीआर परिक्षणबाट १ सय ३६ जनाको र रेपिड एन्टिजेन परिक्षणबाट ३ सय २६ जनाको कोरोना जाच गरिएको जनाइएको छ । दोस्रो लहरको कोरोनाको संक्रमण देखिएसँगै गौरादहमा कोरोनाका कारण आधिकारिक रुपमा मृत्यु हुनेको संख्या २ महिला र ४ पुरुष गरि ६ पुगेको जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments