Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठमाडौं, १७ जेठ २०७८। सरकारले वातावरणीय प्रदुषण कम गर्न भन्दै साउन १ गतेदेखि ४० माइक्रोन भन्दा पातलो प्लाष्टिक प्रतिबन्ध गर्ने भएको छ ।

सोमबार वातावरण विभागका महानिर्देशक मुकुन्द प्रसार निरौलाद्वारा जारी विज्ञप्तिमा सपिङ मल तथा डिपार्टमेन्टल र सबै प्रकारका व्यापारीक प्रतिष्ठानले प्लाष्टिकको झोलाको प्रयोगको साटो जुट वा सुतीको झोला प्रयोग गर्न समेत आग्रह गरिएको छ ।

सरकारले ४० माइक्रोन भन्दा पातलो प्लाष्टिक वा सिट उत्पादन गर्र्ने कम्पनी वा उद्योगले पुरानो मेसिनको साटो नयाँ मेसिन जडान गरेमा प्रोत्साहन स्वरुप पुँजी अनुदान उपलब्ध गराउने व्यवस्था आर्थिक वर्ष २०७८/७९ को बजेटमा गरिएको थियो ।

तपाईको प्रतिक्रिया