Online Bichar
बिहिबार, मंसिर ०४, २०८३ | Thursday, November 19, 2026

गौरादह, १७ जेठ २०७८ । झापाको गौरादहमा आज ६ जना संक्रमित थपिएका छन् । जसमा एउटै वडाका ४ जनामा संक्रमण पुष्टी भएको छ । पीसीआर परिक्षणबाट १ र एन्टिजेन परिक्षणबाट ५ जनामा संक्रमण देखिएको हो । संक्रमितहरु गौरादह-४ का २९ वर्षिय पुरुष र ३५,३६,३६ वर्षिया महिला, वडा नं. ९ का ३८ वर्षिय पुरुष र ३६ वर्षिया महिलामा गरि २ पुरुष र ४ महिला संक्रमित भएका छन् ।

यो सँगै गौरादहमा कोरोना संक्रमणको दोस्रो लहरसँगै संक्रमित हुनेको संख्या २ सय ६ पुगेको गौरादह नगर स्वास्थ्य शाखाका सहसंयोजक गोविन्द श्रेष्ठले जानकारी दिनुभयो । यस्तै, आज कोहि पनि संक्रमित डिस्चार्ज भएका छैनन् । अहिलेसम्म कोरोना संक्रमण भई निको भएर डिस्चार्ज हुनेको संख्या ४६ पुगेको जनाइएको छ । कोरोना संक्रमित भई अहिले १ सय ३० जना होम आइसोलेसनमा रहेका छन् । १९ जना हस्पिटलको आइसोलेसनमा रहेका छन् । गौरादह नगरपालिकाको जुरोपानीको आइसोलेसनमा १ महिला र ४ पुरुष गरि ५ जना संक्रमित रहेका छन् । दोस्रो लहरको भेरियन्ट देखिएसँगै सक्रिय संक्रमितको संख्या १ सय ५४ पुगेको छ ।

३५ वडा बेड रहेको आइसोलेसनमा १० वटा अक्सिजन सिलिन्डर तयारी अवस्थामा रहेको जनाइएको छ । आज सम्म पीसीआर परिक्षणबाट १ सय ३६ जनाको र रेपिड एन्टिजेन परिक्षणबाट २ सय ८५ जनाको कोरोना जाच गरिएको जनाइएको छ । दोस्रो लहरको कोरोनाको संक्रमण देखिएसँगै गौरादहमा कोरोनाका कारण आधिकारिक रुपमा मृत्यु हुनेको संख्या २ महिला र ४ पुरुष गरि ६ पुगेको जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments