Online Bichar
बिहिबार, मंसिर ०४, २०८३ | Thursday, November 19, 2026

झापा,१६ जेठ २०७८ । देशभर आज पनि लगातार रुपमा कोरोना संक्रमित हुने भन्दा निको हुनेको संख्या उच्च रहेको छ। पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ६९ जना संक्रमित थपिंदा एकैदिन ६ हजार २ सय ५ जना डिस्चार्ज भएका छन् । पीसीआर परिक्षणबाट ३ हजार ७ सय २ र एन्टिजेन परिक्षणबाट ६ सय ६७ जनाको गरि ४ हजार ३ सय ६९ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै नेपालमा संक्रमित हुनेको संख्या ५ लाख ५७ हजार १ सय २४ पुगेको जनाइएको छ । एकैदिन ६ हजार २ सय ५ जना डिस्चार्ज हुँदा नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ४ लाख ४० हजार ९ सय ५५ पुगेको छ ।

यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट १० हजार ९ सय ८६ र एन्टिजेन परिक्षणबाट १ हजार ७ सय ८४ जना गरि कुल १२ हजार ७ सय ७० जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट ३० लाख ४२ हजार ३ सय ६९ जनाको नमुना परीक्षण गरिएको छ । जसमा सरकारी बाट १८ लाख ५८ हजार ७ सय ८५ जनाको र निजी बाट ११ लाख ८३ हजार ५ सय ८४ जनाको पीसीआर परीक्षण गरिएको जनाइएको छ । मन्त्रालयका अनुसार हालसम्म ७ सय ६३ जना व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।

यस्तै, देशभर सक्रिय संक्रमित भई १ लाख ८ हजार ८ सय ९७ जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेसनमा १ लाख १ हजार ३ सय ३४ जना रहेका छन् । संस्थागत आइसोलेसनमा ७ हजार ५ सय ६३ जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले १ हजार ५ सय ४५ जना आइसियुमा र ४ सय ७ जना भेन्टिलेटरमा रहेका छन् ।

यस्तै, ५ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा झापा सहित ५० जिल्ला रहेका छन् । २ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा ११ जिल्ला रहेका छन् ।

यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा आज १ सय १९ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ७ हजार २ सय ७२ पुगेको मन्त्रालयले जनाएको छ ।
हाल सरकारी ५५ र निजी ३६ गरि ९१ वटा पीसीआर परीक्षण प्रयोगशालाहरु सञ्चालनमा रहेका छन् ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments