Online Bichar
मंगलबार, फाल्गुण ०५, २०८२ | Tuesday, February 17, 2026

ताप्लेजुङ, १६ जेठ २०७८ । नेपाल पत्रकार महासंघ पाँचथर शाखाका उपाध्यक्ष एकराज भण्डारीको निधन भएको छ । गत वैशाख ३१ गते कोरोना संक्रमण भएपछि उपचारका लागि झापाका बिर्तासिटी अस्पताल पुर्याइएका उनको उपचारकै क्रममा शनिबार निधन भएको हो ।

भण्डारीको शनिबार बेलुका फिदिम-४ माझीटारस्थित हेंवाखोला घाटमा अन्त्येष्टि गरिएको पत्रकार महासंघ पाँचथरका अध्यक्ष गिरिराज बाँस्कोटाले बताए । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले शोक वक्तव्य जारी गर्दै भण्डारीको निधनले पत्रकारिता क्षेत्रमा अपुरणीय क्षति पुगेको उल्लेख गरेको छ ।

हिलिहाङ गाउँपालिका-५ सुभाङ घर भई फिदिम बस्दै आएका भण्डारी १५ वर्षदेखि स्थानीय सञ्चार माध्यममा क्रियाशिल थिए । भण्डारीका श्रीमती, एक छोरा र दुई छोरी छन् ।

 

तपाईको प्रतिक्रिया