Online Bichar
शुक्रबार, भाद्र २६, २०८३ | Friday, September 11, 2026

गौरादह, १५ जेठ २०७८ । झापामा आज १ सय ६३ जना संक्रमित थपिएका छन्। आज पीसीआर परीक्षणबाट ४ सय २१ जना र एन्टिजेन परीक्षणबाट ३८ जना गरि ४ सय ५९ जनाको परीक्षण गर्दा १ सय ६३ जनामा संक्रमण पुष्टी भएको हो । जसमध्ये पीसीआर परीक्षणबाट ७२ महिला र ८३ पुरुष गरि १ सय ५५ जनामा संक्रमण पुष्टी भएको छ भने, एन्टिजेन परीक्षणबाट ३ महिला र ५ पुरुषमा गरि ८ जनामा संक्रमण देखिएसँगै १ सय ६३ जनामा संक्रमण पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जिवन चौंलागाईले जानकारी दिनुभयो ।

पीसीआर परीक्षणबाट संक्रमित भएकाहरुमा दमकका २७ महिला र २७ पुरुष, बिर्तामोडका १७ महिला र १४ पुरुष, मेचिनगरका ५ महिला र ५ पुरुष, भद्रपुरका ७ महिला र ६ पुरुष, कन्काईका ३ महिला र ७ पुरुष, हल्दिबारीका ३ महिला र ५ पुरुष, अर्जुनधाराका ४ महिला र ४ पुरुष, बुद्धशान्तिका ७ पुरुष, गौरिगञ्जका २ महिला र १ पुरुष, कचनकवलका २ पुरुष, कमलका १ पुरुष, शिवसताक्षीका ३ महिला र ३ पुरुष, बाह्रदशीका १ पुरुष, झापाका १ महिलामा संक्रमण पुष्टी भएको छ।

यस्तै, एन्टिजेन परीक्षणबाट मेचिनगरका २ पुरुष, अर्जुनधाराका २ महिला र १ पुरुष, बुद्धशान्तिका १ महिला र २ पुरुषमा संक्रमण देखिएको हो । यो सँगै झापामा हालसम्म कोरोना संक्रमित हुनेको संख्या १० हजार १ सय ४७ पुगेको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन चौंलागाईले जानकारी दिनुभयो ।

यस्तै, २४ घण्टामा १ सय ४६ जना संक्रमित निको भएर डिस्चार्ज भएसँगै हालसम्म कोरोना संक्रमित भई निको भएर ५ हजार ९ सय जना डिस्चार्ज भएका छन् । हालसम्म कोरोना संक्रमित भई आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या ३ हजार ९ सय ७२ पुगेको जनाइएको छ ।

यस्तै, झापामा कोरोना संक्रमणबाट आज अर्जुनधारा-११ का ४० वर्षिय पुरुष, दमक-५ का ७५ वर्षिय पुरुष, बाह्रदशी-६ कि ७८ वर्षिया महिलाको पीसीआर परिक्षणबाट कोरोना पुष्टी भएर मृत्यु भएको छ । यस्तै, मेचिनगर-१० का ६३ वर्षिय पुरुष, हल्दिबारी-४ का ५५ वर्षिय पुरुष र गौरिगन्ज-६ कि ५७ वर्षिया महिलाको एन्टिजेन परिक्षणबाट कोरोना पुष्टी भएर मृत्यु भएको छ । यो सँगै पीसीआर परिक्षणबाट कोरोना पुष्टी भएर मृत्यु हुनेको संख्या २ सय ९ र एन्टिजेन परिक्षणबाट कोरोना पुष्टी भएर २५ गरि हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ३४ पुगेको जनाइएको छ ।

अहिलेसम्म एन्टिजेन परिक्षणबाट ७ सय ३७ जनाको कोरोना पोजेटिभ पुष्टी भएको छ । यस्तै, हालसम्म ४८ हजार ४ सय २ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments