Online Bichar
बुधबार, बैशाख २६, २०८१ | Wednesday, May 8, 2024

काठमाडौँ, १५ जेठ २०७८ । सरकारले निजामती कर्मचारीको तलबमा वृद्धि गरेको छ । २०७८ साउन १ गतेदेखि लागू हुनेगरी निजामती कर्मचारीको तलब मासिक २ हजार रुपैयाँले वृद्धि गरिएको अर्थमन्त्री विष्णु पौडेलले बताएका छन् ।

यस्तै, सरकारले जनपथ र सशस्त्र प्रहरीले पाउँदै आएको राशन खर्चमा १५ प्रतिशतले वृद्धि पनि गरेको छ ।

२०७८/७९को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री पौडेलले कारागारलाई सुधारगृहमा परिणत गरिने पनि बताएका छन् । नेपाली सेनालाई सुदृढीकरण गर्नका लागि बंकरदेखि ब्यारेकसम्मु कार्यक्रमलाई निरन्तरता दिइएको उनले बताए ।

आगामी वर्ष ७० लाख नेपाली नागरिकलाई राष्ट्रिय परिचयपत्र कार्ड वितरण गरिने उनले जनाएका छन् । प्रवासमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्नका लागि तयारी अगाडि बढाइने पनि सरकारको योजना छ ।

 

तपाईको प्रतिक्रिया