Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

१५ जेठ २०७८ । युरोपको औषधि नियामक निकायले १२ देखि १५ बर्ष उमेर समूहकालाई पनि कोरोना भाइरसबिरुद्ध फ़ाइजर र बायो एन टेकद्वारा निर्मित खोप लगाउन अनुमति दिएको छ ।

योसँगै युरोपेली देश मा पहिलो पटक यी उमेर समुहकालाई खोप लगाउन मिल्ने छ ।

युरोपियन मेडिसिन एजेन्सीलेले जर्मनीको बायोटेकमा विकसित गरिएको खोपको विस्तारित प्रयोगको एक हप्तासम्म मूल्यांकन गरेपछि १२ देखि १५ बर्ष उमेरका बालबालिकालाइ खोप लगाउन अनुमति दिएको हो।

युरोपेली संघका देश हरुमा १६ बर्ष माथि सबै उमेर समूहकालाइ खोप प्रयोगमा आई रहेको छ । यो खोप को दुई डोज कम्तिमा तीन हप्ताको अन्तरालमा लगाउनु पर्ने छ ।

फाइजर र बायोटेकले गत मार्चमा परीक्षण तथ्यांक सार्बजनिकगरि यी दुवै खोपले संक्रामक रोगबाट १०० प्रतिशत सुरक्षा प्रदान गरेको दाबि गरेको थियो। १२ देखि १५ वर्षका २२६० किशोरकिशोरीहरूमा उक्त खोप को परीक्षण गरिएको थियो ।

यस अघि अमेरिका र क्यानाडा ले १२ बर्ष देखि माथिकै लाइ यो खोप दिन शुरु गरि सकेको छ ।।

 

तपाईको प्रतिक्रिया