Online Bichar
शुक्रबार, साउन २२, २०८३ | Friday, August 7, 2026

गौरादह, १४ जेठ २०७८ । झापाको गौरादह स्थायी घर भएका (बान) का अध्यक्ष चन्द्र न्यौपानेको निधन भएको छ । व्यवसायिक रेडियोहरुको छाता संगठन ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान)का अध्यक्ष न्यौपानेको कोरोना संक्रमणबाट निधन भएको हो ।

न्यौपानेको ५० वर्षको उमेरमा विराट मेडिकल कलेज, विराटनगरमा शुक्रबार बिहान निधन भएको जनाइएको छ । उहाँलाई दुई साताअघि कोरोना संक्रमण भएको थियो ।

न्यौपाने नेकपा एमाले केन्द्रीय प्रचार विभाग सदस्य, सप्तकोशी एफएमका स्टेशन म्यानेजर तथा विज्ञापन बोर्डका सदस्य हुनुहुन्थ्यो ।

न्यौपानेका श्रीमती एक छोरा, एक छोरी छन् ।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments