Online Bichar
सोमबार, साउन २५, २०८३ | Monday, August 10, 2026

गौरादह, १३ जेठ २०७८ । झापामा आज २ सय ३१ जनामा कोरोना संक्रमण भेटिएको छ । आज पीसीआर परीक्षणबाट ३ सय ८० जना र एन्टिजेन परीक्षणबाट ७१ जना गरि ४ सय ५१ जनाको परीक्षण गर्दा २ सय ३१ जनामा संक्रमण पुष्टी भएको हो । जसमध्ये पीसीआर परीक्षणबाट ८६ महिला र १ सय ११ पुरुष गरि १ सय ९७ जनामा संक्रमण पुष्टी भएको छ भने, एन्टिजेन परीक्षणबाट १७ महिला र १७ पुरुषमा गरि ३४ जनामा संक्रमण देखिएसँगै २ सय ३१ जनामा संक्रमण पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जिवन चौंलागाईले जानकारी दिनुभयो ।

पीसीआर परीक्षणबाट संक्रमित भएकाहरुमा दमकका २२ महिला र १८ पुरुष, बिर्तामोडका १५ महिला र २७ पुरुष, गौरादहका १ महिला, मेचिनगरका ५ महिला र ४ पुरुष, भद्रपुरका ४ महिला र ५ पुरुष, कन्काईका ११ महिला र २४ पुरुष, हल्दिबारीका २ महिला, अर्जुनधाराका ४ महिला र ४ पुरुष, बुद्धशान्तिका ६ महिला र ११ पुरुष, गौरिगञ्जका ३ पुरुष, कमलका ३ महिला र ३ पुरुष, कमलका ३ महिला र ३ पुरुष, शिवसताक्षीका ९ महिला र ९ पुरुष, बाह्रदशीका २ महिला र १ पुरुष, झापाका २ महिला र २ पुरुषमा संक्रमण पुष्टी भएको छ।

यस्तै, एन्टिजेन परीक्षणबाट दमकका २ महिलामा, बिर्तामोडका ३ महिला र १ पुरुष, गौरादहका १ पुरुष, भद्रपुरका २ महिला र १ पुरुष, हल्दिबारीका १ पुरुष, अर्जुनधाराका १ महिला, बुद्धशान्तिका ४ महिला र ३ पुरुष, कचनकवलका ५ महिला र १०पुरुषमा संक्रमण देखिएको हो । यो सँगै झापामा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ९ हजार ८ सय २९ पुगेको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन चौंलागाईले जानकारी दिनुभयो ।

यस्तै, २४ घण्टामा १ सय ३ जना संक्रमित निको भएर डिस्चार्ज भएसँगै हालसम्म कोरोना संक्रमित भई निको भएर ५ हजार ६ सय ३१ जना डिस्चार्ज भएका छन् । हालसम्म कोरोना संक्रमित भई आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या ३ हजार ९ सय ३४ पुगेको जनाइएको छ ।

यस्तै, झापामा कोरोना संक्रमणबाट आज भद्रपुर-८ कि ८८ वर्षिया महिलाको पीसीआरबाट कोरोना पुष्टी भएर मृत्यु भएको छ । एन्टिजेन परिक्षणबाट कोरोना पुष्टी भएर भद्रपुर-९का४३ वर्षिय पुरुष र झापा-५ का ७८ वर्षिय पुरुषको मृत्यु भएको छ । यो सँगै पीसीआर परिक्षणबाट कोरोना पुष्टी भएर मृत्यु हुनेको संख्या २ सय ३ र एन्टिजेन परिक्षणबाट कोरोना पुष्टी भएर २० गरि हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय २३ पुगेको जनाइएको छ । अहिलेसम्म एन्टिजेन परिक्षणबाट ६ सय ८० जनाको कोरोना पोजेटिभ पुष्टी भएको छ । यस्तै, हालसम्म ४७ हजार ६ सय ४९ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments