ताप्लेजुङ, १३ जेठ २०७८ । कोरोना संक्रमणबाट पाँचथरको हिलिहाङ गाउँपालिका–४ का वडाध्यक्ष श्रीप्रसाद सिगुको मृत्यु भएको छ ।
३९ वर्षीय उनको झापाको बी एन्ड सी अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएको पाँचथरका प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले जानकारी दिए ।
वैशाख तेस्रो साता संक्रमण भएपछि होम आइसोलेसनमा रहेका उनको अवस्था कमजोर भएपछि जिल्ला अस्पताल पाँचथर ल्याइएको थियो । अस्पतालले रेफर गरेपछि बिर्तामोड पुर्याइएका उनको अस्पतालमै मृत्यु भएको ढकालले जानकारी दिए । उनी २०७४ सालको स्थानीय निर्वाचनमा एमालेबाट निर्वाचित भएका थिए ।कान्तिपुरबाट






