अनलाइनविचार
गौरादह, १२ जेठ २०७८ । झापामा आज १ सय ३८ जनामा कोरोना संक्रमण भेटिएको छ । आज पीसीआर परीक्षणबाट ३ सय ६८ जना र एन्टिजेन परीक्षणबाट ४८ जना गरि ४ सय १६ जनाको परीक्षण गर्दा २ सय ४७ जनामा संक्रमण पुष्टी भएको हो । जसमध्ये पीसीआर परीक्षणबाट ५० महिला र ६८ पुरुष गरि १ सय १८ जनामा संक्रमण पुष्टी भएको छ भने, एन्टिजेन परीक्षणबाट १४ महिला र ६ पुरुषमा गरि २० जनामा संक्रमण देखिएसँगै १ सय ३८ जनामा संक्रमण पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जिवन चौंलागाईले जानकारी दिनुभयो ।
पीसीआर परीक्षणबाट संक्रमित भएकाहरुमा दमकका २५ महिला र ३१ पुरुष, बिर्तामोडका १ महिला र २ पुरुष, गौरादहका महिला र ३ पुरुष, मेचिनगरका ९ महिला र १२ पुरुष, भद्रपुरका १ महिला र १ पुरुष, हल्दिबारीका ६ महिला र १० पुरुष, अर्जुनधाराका १ महिला र १ पुरुष, बुद्धशान्तिका १ पुरुष, कचनकवलका १ पुरुष, कमलका ३ महिला र ४ पुरुष, शिवसताक्षीका १ महिला र १ पुरुष, बाह्रदशीका १ महिला, ठेगाना नखुलेको १ पुरुषमा संक्रमण पुष्टी भएको छ।
यस्तै, एन्टिजेन परीक्षणबाट दमकका २ महिलामा, बिर्तामोडका १ महिला र १ पुरुष, गौरादहका ८ महिला र ४ पुरुष, हल्दिबारीका २ महिलामा,अर्जुनधाराका १ महिला, बाह्रदशीका १ पुरुषमा संक्रमण देखिएको हो । यो सँगै झापामा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ९ हजार ६ सय ३२ पुगेको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन चौंलागाईले जानकारी दिनुभयो ।
यस्तै, २४ घण्टामा ८१ जना संक्रमित निको भएर डिस्चार्ज भएसँगै हालसम्म कोरोना संक्रमित भई निको भएर ५ हजार ५ सय २८ जना डिस्चार्ज भएका छन् । हालसम्म कोरोना संक्रमित भई आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या ३ हजार ८ सय ४३ पुगेको जनाइएको छ ।
यस्तै, झापामा कोरोना संक्रमणबाट आज बिर्तामोडका ८४ वर्षिया महिला र ४६, ६० वर्षिय पुरुष, भद्रपुरका ६५ वर्षिय २ पुरुष गरि पीसीआरबाट कोरोना पुष्टी भएर मृत्यु हुनेको संख्या ५ रहेको छ भने, एन्टिजेन परिक्षणबाट कोरोना पुष्टी भएर गौरादह२ का ५० वर्षिय पुरुष र गौरिगञ्जका ६५ वर्षिय पुरुष गरि २ जना सँगै ७ को मृत्यु भएको छ । यो सँगै पीसीआर परिक्षणबाट कोरोना पुष्टी भएर मृत्यु हुनेको संख्या २ सय २ र एन्टिजेन परिक्षणबाट कोरोना पुष्टी भएर १८ गरि हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय २० पुगेको जनाइएको छ । अहिलेसम्म एन्टिजेन परिक्षणबाट ६ सय ४६ जनाको कोरोना पोजेटिभ पुष्टी भएको छ । यस्तै, हालसम्म ४७ हजार ३ सय २४ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको जनाइएको छ ।






