Online Bichar
सोमबार, फाल्गुण ०४, २०८२ | Monday, February 16, 2026

झापा,१२ जेठ २०७८ । मुलुकभर आज संक्रमित हुने भन्दा पनि निको हुनेको संख्या बढेको छ । पीसीआर परिक्षणबाट ६ हजार ६ सय ७७ र एन्टिजेन परिक्षणबाट ३७ जनाको गरि ६ हजार ७ सय १४ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै नेपालमा संक्रमितको संख्या ५ लाख ३५ हजार ५ सय २५ पुगेको जनाइएको छ । एकैदिन ६ हजार ७ सय १६ जना डिस्चार्ज हुँदा नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ४ लाख ११ हजार ६ सय ३ पुगेको छ ।

यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट १९ हजार ३० र एन्टिजेन परिक्षणबाट ३ सय २२ जना गरि कुल १९ हजार ३ सय ५२ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट २९ लाख ७७ हजार ६ सय ५० जनाको नमुना परीक्षण गरिएको छ । जसमा सरकारी बाट १८ लाख १६ हजार ६ सय ७३ जनाको र निजी बाट ११ लाख ६० हजार ९ सय ७७ जनाको पीसीआर परीक्षण गरिएको जनाइएको छ । मन्त्रालयका अनुसार हालसम्म ८ सय ५३ जना व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।

यस्तै, देशभर सक्रिय संक्रमित भई १ लाख १७ हजार ७७ जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेसनमा १ लाख ८ हजार ६ सय २० जना रहेका छन् । संस्थागत आइसोलेसनमा ८ हजार ४ सय ५७ जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले १ हजार ६ सय ७१ जना आइसियुमा र ४ सय ३४ जना भेन्टिलेटरमा रहेका छन् ।

यस्तै, ५ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा झापा सहित ५० जिल्ला रहेका छन् । २ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा १३ जिल्ला रहेका छन् ।

यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा आइतबार १ सय ४५ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोना का कारण मृत्यु हुनेको संख्या ६ हजार ८ सय ४५ पुगेको मन्त्रालयले जनाएको छ ।
हाल सरकारी ५५ र निजी ३६ गरि ९१ वटा पीसीआर परीक्षण प्रयोगशालाहरु सञ्चालनमा रहेका छन् ।

 

तपाईको प्रतिक्रिया