Online Bichar
शुक्रबार, साउन २२, २०८३ | Friday, August 7, 2026

गौरादह, १२ जेठ २०७८ । नेपाल पत्रकार महासङघ झापा शाखाले गौरादहका क्रियाशिल पत्रकारलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण गरेको छ । शाखाले एक कार्यक्रमका बिच जनता मा.वि गौरादह स्रोत केन्द्रको भवनमा सञ्चार क्लबका अध्यक्ष सुदिप अधिकारीलाई आज स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेको हो । महासङघले कोभिड-१९ दोस्रो लहरको संक्रमणको जोखिम बढ्दै गइरहेको अवस्थामा पनि फिल्डमा खटेर काम गर्ने पत्रकारहरुलाई सहयोग स्वरुप फेसशिल्ड, स्यानिटाइजर, मास्कहरु लगायतका स्वास्थ्य सुरक्षा सामग्री वितरण गरेको छ ।

कोरोना भाइरसको महामारीका समयमा समाचार संकलन कार्य गर्ने पत्रकारहरुलाई हौसला बढाउनका लागि स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको पत्रकार महासङघ झापा शाखाका अध्यक्ष एकराज गिरीले बताउनुभयो । झापामा अहिले सम्म ३० जना पत्रकार संक्रमित भइसकेकोमा त्यसमध्ये १ जना को मृत्यु भइसकेको अध्यक्ष गिरीले जानकारी दिनुहुँदै गौरादहका पत्रकारलाई आवश्यक परेको खण्डमा अक्सिमिटर र ज्वरो नाप्ने थर्मामिटर पनि उपलब्ध गराउने बताउनुभयो ।

यस्तै, आफु बचेर रिर्पोटिङ गर्न पनि अध्यक्ष गिरीले सम्पूर्ण पत्रकारलाई आग्रह समेत गर्नु भएको छ । यस्तै, काम गर्ने सिलसिलामा आफूले काम गर्ने ठाउँमा केहि कमी कमजोरी भए या कुनै गुनासो भए फेसबुकमा पोष्ट गर्नुको साटो महासङघमा सम्पर्क गरेर त्यस कुरालाई निर्धक्क रुपमा  राख्न पनि अध्यक्ष गिरीले सुझाव दिनुभयो ।

यस्तै, सञ्चार क्लब गौरादहको समन्वयमा सम्पन्न कार्यक्रममा यस्तो जोखिमको अवस्थामा पनि पत्रकार महासङघले आ–आफ्नो स्थानमा आएर पत्रकारलाई हौसला स्वरुप स्वास्थ्य सुरक्षा सामग्री वितरण गरेकोमा साथै साथ दिएकोमा सञ्चार क्लब गौरादहका अध्यक्ष सुदिप अधिकारीले महासङघका सम्पूर्ण टिमलाई धन्यवाद दिनुभयो । स्वास्थ्य सुरक्षा सामग्री वितरण कार्यक्रममा पत्रकार महासङघ झापा शाखाका उपाध्यक्ष केशव भट्टराई, कोषाध्यक्ष रञ्जित प्रसाईं, सदस्य विनोद पाण्डे र रञ्जित परियार लगायत गौरादह र गौरिगञ्जका क्रियाशिल पत्रकारको उपस्थिति रहेको थियो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments