Online Bichar
शुक्रबार, साउन २२, २०८३ | Friday, August 7, 2026

अनलाइनविचार

गौरादह, ११ जेठ २०७८ । झापामा आज २ सय ४७ जनामा कोरोना संक्रमण भेटिएको छ । आज पीसीआर परीक्षणबाट ४ सय ९८ जना र एन्टिजेन परीक्षणबाट ८६ जना गरि ५ सय ८४ जनाको परीक्षण गर्दा २ सय ४७ जनामा संक्रमण पुष्टी भएको हो । जसमध्ये पीसीआर परीक्षणबाट १ सय २ महिला र १ सय १४ पुरुष गरि २ सय १६ जनामा संक्रमण पुष्टी भएको छ भने, एन्टिजेन परीक्षणबाट १६ महिला र १५ पुरुषमा गरि ३१ जनामा संक्रमण देखिएसँगै २ सय ४७ जनामा संक्रमण पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जिवन चौंलागाईले जानकारी दिनुभयो ।

पीसीआर परीक्षणबाट संक्रमित भएकाहरुमा दमकका १४ महिला र १४ पुरुष, बिर्तामोडका १४ महिला र १७ पुरुष, गौरादहकि ३ महिला, मेचिनगरका ३१ महिला र ३५ पुरुष, भद्रपुरका १ महिला र ८ पुरुष, हल्दिबारीका १ पुरुष, अर्जुनधाराका ११ महिला र ६ पुरुष, बुद्धशान्तिका ८ महिला र २ पुरुष, कचनकवलका १ पुरुष, कमलका ८ महिला र ११ पुरुष, शिवसताक्षीका २ महिला र २ पुरुष, बाह्रदशीका १ पुरुष, झापाका २ महिला, ठेगाना नखुलेको २ महिला र १ पुरुषमा संक्रमण पुष्टी भएको छ।

यस्तै, एन्टिजेन परीक्षणबाट बिर्तामोडका १ महिला र १ पुरुष, गौरादहका १ महिला र १ पुरुष, मेचिनगरका ४ पुरुष, भद्रपुरका ६ महिला र २ पुरुष, कन्काईका १ पुरुष, अर्जुनधाराका १ महिला, कचनकवलका १ महिला, बाह्रदशीका ६ महिला र ६ पुरुषमा संक्रमण देखिएको हो । यो सँगै झापामा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ९ हजार ५ सय २० पुगेको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन चौंलागाईले जानकारी दिनुभयो ।

यस्तै, २४ घण्टामा ९४ जना संक्रमित निको भएर डिस्चार्ज भएसँगै हालसम्म कोरोना संक्रमित भई निको भएर ५ हजार ४ सय ५० जना डिस्चार्ज भएका छन् । हालसम्म कोरोना संक्रमित भई आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या ३ हजार ८ सय १६ पुगेको जनाइएको छ ।

यस्तै, झापामा कोरोना संक्रमणबाट आज कन्काई-१ का ३२ र अर्जुनधारा-११ का ६० वर्षिय पुरुषको मृत्यु भएकोमा २ जनाको पीसीआरबाट कोरोना पुष्टी भएका संक्रमितहरुको मृत्यु भएको छ । यो सँगै पीसीआर परिक्षणबाट कोरोना पुष्टी भएर मृत्यु हुनेको संख्या १ सय ९७ र एन्टिजेन परिक्षणबाट कोरोना पुष्टी भएर १६ गरि हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय १३ पुगेको जनाइएको छ । अहिलेसम्म एन्टिजेन परिक्षणबाट ६ सय २६ जनाको कोरोना पोजेटिभ पुष्टी भएको छ । यस्तै, हालसम्म ४६ हजार ९ सय ५३ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments