गौरादह, ११ जेठ २०७८ । झापाको गौरादहमा पीसीआर परिक्षणबाट ३ र एन्टिजेन परिक्षणबाट ८ जना गरि आज ११ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जसमा ९ महिला र २ पुरुष संक्रमित भएका छन् ।
संक्रमितहरु गौरादह नगरपालिका-१ कि ४०, २१ र १६ वर्षिया महिला, वडा नं. ४ कि ३७, ७७, ५६, ४८ वर्षिया महिला र ३८, ५० वर्षिय पुरुष, वडा नं. ७ कि १६ वर्षिया महिला र वडा नं. ८ कि ४५ वर्षिया महिलामा संक्रमण भेटिएको गौरादह नगर स्वास्थ्य शाखाका सहसंयोजक गोविन्द श्रेष्ठले जानकारी दिनुभयो ।
यस्तै, आज २४ जनाको रेपिड एन्टिजेन परिक्षण गरिएकोमा ८ जनाको पोजेटिभ रिपोर्ट आएको छ भने, बाँकी १६ जनाको रिपोर्ट नेगेटिभ आएको सहसंयोजक श्रेष्ठले बताउनुभयो । आज ११ जनामा संक्रमण भेटिएसँगै दोस्रो लहरको कोरोना संक्रमण फैलिएसँगै गौरादहमा संक्रमित हुनेको संख्या १ सय ७९ पुगेको जनाइएको छ । यस्तै, आज सम्म कोरोना संक्रमण भई निको भएर डिस्चार्ज हुनेको संख्या ४६ पुगेको छ । कोरोना संक्रमित भई अहिले १ सय ७ जना होम आइसोलेसनमा रहेका छन् । १९ जना हस्पिटलको आइसोलेसनमा रहेका छन् । क्वारेन्टाइनमा रहनेको संख्या शुन्य रहेको छ । गौरादह नगरपालिकाको आइसोलेसनमा ५ जना संक्रमित रहेका छन् ।
३५ वडा बेड रहेको आइसोलेसनमा १० वटा अक्सिजन सिलिन्डर रहेको जनाइएको छ । दोस्रो लहरको कोरोनाको संक्रमण देखिएसँगै गौरादहमा कोरोनाका कारण आधिकारिक रुपमा मृत्यु हुनेको संख्या ५ पुगेको सहसंयोजक श्रेष्ठले बताउनुभयो । पीसीआर परिक्षणको लागि १ सय ३६ जनाको स्वाब संकलन गरिएको छ भने, अहिले सम्म २ सय २८ जनाको एन्टिजेन परिक्षण गरिएको जनाइएको छ ।






