झापा,११ जेठ २०७८ । मुलुकभर आज ८ हजार ६ सय ३६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै नेपालमा संक्रमितको संख्या ५ लाख २८ हजार ८ सय ४८ पुगेको जनाइएको छ । एकैदिन ६ हजार ४ सय ४ जना डिस्चार्ज हुँदा नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ४ लाख ४ हजार ८ सय ८७ पुगेको छ ।
यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट २२ हजार ३ सय ६ जना र एन्टिजेन परिक्षणबाट ६ सय ३० जना गरि कुल २२ हजार ९ सय ३६ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट २९ लाख ५८ हजार ६ सय २० जनाको नमुना परीक्षण गरिएको छ । जसमा सरकारी बाट १८ लाख ३ हजार ८७ जनाको र निजी बाट ११ लाख ५५ हजार ५ सय ३३ जनाको पीसीआर परीक्षण गरिएको जनाइएको छ । मन्त्रालयका अनुसार हालसम्म ९ सय १४ जना व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।
यस्तै, देशभर सक्रिय संक्रमित भई १ लाख १७ हजार २ सय ६१ जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेसनमा १ लाख ८ हजार ४ सय २८ जना रहेका छन् । संस्थागत आइसोलेसनमा ८ हजार ८ सय ३३ जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले १ हजार ६ सय ७२ जना आइसियुमा र ४ सय ४७ जना भेन्टिलेटरमा रहेका छन् ।
यस्तै, ५ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा झापा सहित ५० जिल्ला रहेका छन् । २ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा १३ जिल्ला रहेका छन् ।
यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा आइतबार १ सय ६९ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोना का कारण मृत्यु हुनेको संख्या ६ हजार ७ सय पुगेको मन्त्रालयले जनाएको छ ।
हाल सरकारी ५५ र निजी ३६ गरि ९१ वटा पीसीआर परीक्षण प्रयोगशालाहरु सञ्चालनमा रहेका छन् ।






