Online Bichar
सोमबार, फाल्गुण ०४, २०८२ | Monday, February 16, 2026

अनलाइनविचार संवाददाता
गौरादह, १० जेठ २०७८ । झापाको गौरादहमा आज ३ जनामा संक्रमण पुष्टी भएको छ । पीसीआर परिक्षणबाट १ र एन्टिजेन परिक्षणबाट २ जना गरि ३ जनामा संक्रमण भेटिएको हो । संक्रमितहरु गौरादह नगरपालिका-३ कि ३० वर्षिया महिला, ७४ वर्षिय पुरुष र वडा नं.४ कि ५५ वर्षिया महिला रहेका छन् ।

आज ३ जना थप भएसँगै दोस्रो लहरको कोरोना संक्रमण फैलिए सँगै संक्रमित हुनेको संख्या १ सय ६८ पुगेको गौरादह नगर स्वास्थ्य शाखाका सह-संयोजक गोविन्द श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै, दोस्रो लहरको कोरोना संक्रमण तिव्र रुपमा बढेसँगै अहिले सम्म वडा नं. १ का स्थानियबासी सबैभन्दा बढि संक्रमित भएका छन् । आज सम्मको तथ्यांक अनुसार कोरोना संक्रमणबाट गौरादह-१ मा ३७ जना, वडा नं. २ मा २६ जना, वडा नं. ३ मा २२ जना, वडा नं. ४ मा ३३ जना, वडा नं. ५ मा १८ जना, वडा नं. ६ मा ४ जना, वडा नं. ७ मा १८ जना, वडा नं. ८ मा ५ जना र वडा नं. ९ मा ५ जना गरि कुल १ सय ६८ जनामा कोभिड१९ संक्रमण भेटिएको सहसंयोजक श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै, आज ३ जना संक्रमित निको भएर डिस्चार्ज भएसँगै अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ४६ पुगेको जनाइएको छ । कोरोना संक्रमित भई अहिले ९७ जना होम आइसोलेसनमा रहेका छन् । १८ जना हस्पिटलको आइसोलेसनमा रहेका छन् । गौरादह नगरपालिकाको आइसोलेसनमा ५ जना संक्रमित रहेका छन् भने, आइसोलेसनमा १० वटा अक्सिजन सिलिन्डर रहेको जनाइएको छ । दोस्रो लहरको कोरोनाको संक्रमण देखिएसँगै गौरादहमा कोरोनाका कारण आधिकारिक रुपमा मृत्यु हुनेको संख्या ५ पुगेको सहसंयोजक श्रेष्ठले बताउनुभयो ।

तपाईको प्रतिक्रिया